इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो १०२ र १०३ औंं आउटलेट झापाका प्रमुख बजार बिर्तामोड र दमकमा संचालनमा ल्याएको छ। कम्पनीले प्रदेश-१ का आफ्ना ग्राहकलाई प्रत्यक्ष र सहजरुपमा सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ आउटलेट संचालनमा ल्याएको जनाएको छ।
नयाँ आउटलेट क्लासिक टेकले बिर्तामोडको धन सूर्य कम्प्लेक्स शनिश्चरे रोडमा तथा दमकको मंगलदीप मार्केटको दोस्रो तल्लामा स्थापना गरेको हो।
क्लासिक टेकका प्रमुख सेल्स एन्ड मार्केटिङ अफिसर बिनय कुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरुपमा दुवै नयाँ आउटलेट उद्घाटन गरेका थिए।
संचालनमा ल्याएका नयाँ आउटलेटबाट कम्पनीले पूर्वी भेगका हरेक साना गाउँमा आफ्नो नेटवर्क र सेवा बिस्तार गर्ने योजना लिएको छ। यी आउटलेटबाट तीव्र रूपमा ग्राहकलाई सेवा उपलब्ध गराउन ४५ जना कर्मचारी कस्टमर सपोर्ट, फाइबर स्टाफ, बिलिङ र मार्केटिङका लागि राखिएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार यसअघि नै क्लासिक टेकले बिर्तामोड र दमक क्षेत्रमा बैंक तथा वित्तीय संस्थालाई इन्टरनेट उपलब्ध गराउँदै आएको थियो। अब भने कम्पनीले सर्वसाधारण ग्राहकलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउनेछ। घरायसी प्रयोजन, साना कार्यालय र कर्पोरेट कम्पनीका लागि समेत सो सेवा उपलब्ध हुनेछ। कम्पनीको सस्तो धमाकेदार अफर झापाका सेवाग्राहीका लागि पनि उपलब्ध गराएको छ र अब यो सेवा स्थानीयबासीले समेत लिनसक्ने भएका हुन्।
नयाँ आउटलेट संचालनमा आएसँगै पूर्वी भेगको प्रमुख सहरमा ग्राहकले घर नजिकबाटै कम्पनीको सेवा लिनसक्ने बताए। झापाको बिर्तामोड र दमक, पूर्व क्षेत्रका प्रमुख सहर हुन जहाँ हाम्रो फास्ट इन्टरनेट सेवा अब ग्राहकले घर नजिकैको शाखाबाट सजिलै लिन सक्नेछन्।
'अरू इन्टरनेट सेवा प्रदायकको भन्दा उत्कृष्ट मूल्यमा हामी तीव्र गतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिनेछौं,' कम्पनीको इस्ट रिजन डेपुटी चिफ रिजनल अफिसर भूपाल सिंह कार्कीले भने।
कम्पनीले धमाकेदार अफरअन्तरगत २० एमबिपिएस स्पीडको इन्टरनेट केबल ७९९ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ जसका साथमा १५० टिभी च्यानल र युट्युब समेत हेर्न सकिने सुविधा भएको कम्पनीले जनाएको छ।