सरकारले नेपालभित्र फाइभजी सेवाको परीक्षण अनुमति दिने निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रीको अध्यक्षतामा बसेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिको बैठकले फाइभजी सेवाको परीक्षण गर्नका लागि अनुमति दिने निर्णय गरेको हो।
मन्त्रीपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजति पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकारले निर्णय गरेर नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको जानकारी गराएका छन्।
लामो समयदेखि बस्न नसकेको उक्त समितिको बैठकले तत्कालका लागि परीक्षण अनुमति दिने र दीर्घकालमा नेपालमा भएको फ्रिक्वेन्सीको वितरण तथा उपयोगका लागि रणनीति बनाउन अध्ययन समिति बनाउने निर्णय पनि गरेको छ।
समितिले निर्णय गरी कार्यान्वयनका लागि प्राधिकरणमा पत्राचार गरिसकिएको गुरुङले जानकारी दिए।
सरकारले फाइभजीको परीक्षण अनुमति दिनका लागि गरेको निर्णय प्राधिकरणमा पुगेको र अहिले अध्ययन गरिरहेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।
ुहामीले भर्खरैमात्र सरकारको निर्णय पाएका छौं। त्यसको अध्ययनपछि कसरी कार्यान्वयन गर्ने भनेर हामीले बोर्डबाट निर्णय गर्छौु उनले सेतोपाटीसँग भने।
सरकारको निर्णयलाई कार्यान्वयन गर्नका लागि प्राधिकरणले थप अध्ययन गर्नसक्ने छ।