सामसङले ग्यालेक्सी ए सिरिज अन्तर्गतका दुई नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ।
व्याट्री,क्यामेरा तथा गेमिङप्रति प्रयोगकर्ताको चासोलाई सम्बोधन गर्नेगरी नयाँ स्मार्टफोन ल्याइएको कम्पनीले जानकारी दिएको छ।
सामसङले ग्यालेक्सी ए५२ र ए७२ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ।
यी दुवै स्मार्टफोनमा ६४ मेगापिक्सेलको प्राइमेरी सेन्सर रहेको छ। १६ मेगा पिक्सेलको अल्ट्रावाइड लेन्स, ८ मेगापिक्सेलको टेली लेन्स भएको फोनमा ५ मेगापिक्सेलको माइक्रो लेन्स रहेको छ। यी फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ।
यी फोनमा फोरके भिडिओ खिच्न सकिने कम्पनीले जानकारी दिएको छ। फोनमा रहेको एआर इमोजी तथा फिल्टरबाट प्रयोगकर्ता मजा लिनसक्ने कम्पनीको दाबी छ।
६.७ इन्चको एफएचडी सुपर एमोलेड डिस्प्ले भएको फोनमा ९० हर्जको रिफ्रेस रेट रहेको छ।
यो सिरिजका फोन धुलो प्रतिरोधी भएको कम्पनीले जानकारी दिएको छ।
ग्यालेक्सी ए७२ मा ५ हजार एमएच र ए५२ मा ४५०० एमएच क्षमताको ब्याट्री रहेको छ।
तीन विभिन्न रंगमा उपलब्ध हुने यी फोनको मूल्य यस्तो छ:
ग्यालेक्सी ए५२
८/१२८ : रु ४१९९९
ग्यालेक्सी ए७२
८ / १२८ रु ५१९९९
८ / २५६ रु. ५६९९९