वल्डलिंक कम्युनिकेशन लिमिटेडले शे–फोक्सुन्डो तालमा निःशुल्क वाइफाइ सेवा सुरु गरेको छ।
वल्डलिंकले गत आइतबारबाट यो सेवा सुरु गरेको हो।
निःशुल्क वाइफाइ सेवाको उद्धघाटन प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र वल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले गरे।
उद्धघाटन समारोहमा वल्डलिंकका निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल, शे फोक्सुन्डो गाउँपालिका वडा नं ८ का वडा प्रमुख निमा लामा, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि चन्द्र बहादुर घर्ति उपस्थित थिए।