एप्पलले गत वर्ष सार्वजनिक गरेको आइफोन–१२ प्रो म्याक्स २०२१ को उत्कृष्ट स्मार्टफोनमध्ये पहिलो सूचीमा परेको छ।
कन्ज्यूमर रिपोर्टले निकालेको सूचीअनुसार आइफोन–१२ प्रो म्याक्स यस वर्षको उत्कृष्ट हुनुको साथै शीर्ष मूल्यांकन गरिएको आइफोन मोडल हो।
आइफोन–१२ सिरिजको यो नयाँ मोडलमा ६.७ इन्चको डिस्प्ले छ। यसमा भएको ए–१४ चिपसेट, ओएलइडी डिस्प्ले, ५–जी नेटवर्क र अपग्रेड क्यामराले गर्दा नै पहिलो स्थान हात पारेको एप्पल इन्साइडरले बताएको छ।
यो हालसम्मकै ठूलो आइफोन हो र यसको ब्याट्री पावर लामो समयसम्म टिक्छ। यो मोडलले सबैभन्दा उच्च रिजोलुसन दिने रिर्पोटको भनाइ छ।
यसमा रहेको टेलिफोटो लेन्सले फोटो पाँच गुना नजिक जुम गर्न सकिन्छ।
बजारमा आइफोन–१२ प्रो म्याक्सको मूल्य आइफोन–१२ प्रोभन्दा एक सय अमेरिकी डलर महँगो छ।
कन्ज्यूमर रिपोर्टको सर्वश्रेष्ठ स्मार्टफोनको सूचीमा वानप्लस नोर्ड एन–१० फाइभ–जी र सामसङ ग्यालेक्सी नोट–२० फाइभ–जी पनि परेको छ।
कन्ज्यूमर रिर्पोटले सर्वश्रेष्ठ स्मार्टफोनको सूची प्रयोगकर्ताका विभिन्न समीक्षा र रेटिंगको आधारमा निकाल्ने गर्छ।