दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसङले एम सिरिजअन्तर्गत ‘एम–१२’ बजारमा ल्याएको छ। फोनमा ६ हजार एमएएच ब्याट्री र ४८ मेगापिक्सल मुख्य क्यामरा लगाएतको विशेषता दिएको छ।
ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सुलभ मूल्यमा नवीनतम उत्पादन प्रदान गर्ने उद्देश्यले उक्त फोन बजारमा ल्याएको सामसङ मोबाइल नेपालका विजिनेश हेड प्रणय रत्न स्थापितले बताए।
फोनमा अक्टाकोर प्रोसेर छ। ६ हजार एमएएचको ब्याट्रीका साथै १५ वाटको फास्ट चार्जर पनि राखिएकाले ग्राहकलाई पटक–पटक फोन चार्ज गरिरहन पर्दैन। ग्राहकले चार्ज नगरी दिन–रात मोबाइल चलाउन सक्नेछन्।
कम्पनीले फोनमा ६.५ इञ्चको डिस्प्ले दिएको छ। फोनमा भएको चार क्यामराले उत्कृष्ट फोटो खिच्न सघाउँछ। जसमा ४८ मेगापिक्सलको वाइड एंगल, ५ मेगापिक्सलको क्लोज अप, २ मेगापिक्सलको डेप्थ र २ मेगापिक्सलको म्याक्रो क्यामरा छ। त्यसैगरी ८ मेगापिक्सलको सेल्फी क्यामरा दिइएको छ।
यसमा सामसङका प्रिमियम सुविधाहरुः सामसङ हेल्थ, सामसङ थिम, ग्यालेक्सी एप तथा मोन्स्टर एस्पेरियनसको लागि स्मार्ट स्वीच जस्ता सुविधाहरु छन्।
फोन विभिन्न तीन कालो, नीलो तथा सेतो रंगमा उपलब्ध छ। फोन ४ जिबी/६४ जिबी र ६ जिबी/१२८ जिबी स्टोरेजमा पाइन्छ। फोनको मूल्इ क्रमशः १८ हजार ४ सय ९९ र २२ हजार ४ सय ९९ छ।