एप्पलले आइफोनमा आइओएस १४.४.२ र एप्पल घडीमा वाचओएस ७.३.३ ल्याएको छ।
एप्पल इन्साइडरका अनुसार यी नयाँ संस्करणले उपकरणमा हुने 'बग' हटाउने भएकोले कम्पनीले प्रयोगकर्तालाई चाडोँ डाउनलोड गरिहाल्न सुझाव दिएको छ।
आइओएस १४.४.२ आइफोन–६ एसदेखि नयाँ आइफोनहरुमा उपलब्ध हुनेछ। आइप्याडओएस १४.४.२ भने आइप्याड प्रोका सबै मोडल, आइप्याड एयर–२, आइप्याड पाँचौ जेनेरेसन, आइप्याड मिनी–४ र आइपोड टचदेखिका माथिल्लो सबै आइप्याडमा डाउनलोड गर्न सकिन्छ।
नयाँ वाचओएस ७.३.३ भने एप्पल वाच सिरिज–३ देखि माथिका एप्पल घडीमा डाउनलोड गर्न सकिने एप्पलको भनाइ छ।
यसैगरी एप्पलले पुराना आइफोन र आइप्याडका लागि आइओएस १२.५.२ संस्करण सार्वजनिक गरिएको छ। यो संस्करण आइफोन ५–एस, आइफोन–६, आइफोन–६ प्लस, आइप्याड एयर, आइप्याड मिनी–२, आइप्याड मिनी–३ र आइपोड टचमा उपलब्ध हुने एप्पल इन्साइडरले बताएको छ।
एप्पलको पुरानो आइओएस १४.४ संस्करणमा हराएका उपकरण खोज्ने र होमपोड मिनी फिचर थियो।
गत मार्च ८ मा सार्वजनिक भएको आइओएस १४.४.१ संस्करणमा उपरकरणमा भएका बग हटाउने फिचर थियो। यो संस्करणमा ‘वेबकिट’ नामक त्रुटी पनि देखिएको हुँदा त्यसलाई समाधान गर्न एप्पलले नयाँ आइओएस १४.४.२ सार्वजनिक गरेको हो।