नेपाली बजारमा २० भन्दा बढी कम्पनीका फोन भित्रिएका छन्। त्यो मध्ये दक्षिण कोरियाली कम्पनी सामसुङले नेपालमा राम्रो बजार पाएको छ।
सामसङका सबै उमेर समुहलाई सुहाउँदो ८ हजार देखि डेढ लाख मूल्यसम्मको फोन उपलब्ध छ। त्यसमध्ये यहाँ ३० हजारभन्दा कम मूल्यका फोनबारे उल्लेख गरिएको छ।
एम–२१
फोनमा ६४ इञ्चको डिस्प्ले छ। ४८ एमपी मुख्य, ८ एमपी अल्ट्रा वाइड र ५ एमपी डेप्थ गरी तीन क्यामरा छन्। त्यस्तै, २० एमपीको सेल्फी क्यामरा छ।
६ हजार एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा १५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
ग्राहकले यो फोन ४ जिबी/६४ जिबी र ६ जिबी/१२८ जिबी क्षमतामा किन्न पाउँछन्। फोनको मूल्य क्रमशः २२ हजार ९ सय ९९ र २७ हजार ४ सय ९९ तोकिएको छ।
ए–२१एस
फोनमा ६.५ इञ्च डिस्प्ले छ। ४८ एमपी मुख्य, ८ एमपी अल्ट्रा वाइड, २ एमपी म्याक्रो र २ एमपी डेप्थ गरी चार क्यामरा छन्। त्यस्तै, सेल्फी क्यामरा १३ एमपी छ।
५ हजार एमएएच ब्याट्री क्षमता रहेको फोनको मूल्य २३ हजार ९ सय ९९ तोकिएको छ।
एम–३१
फोनमा ६.४ इञ्च डिस्प्ले छ। ६४ एमपी मुख्य, ८ एमपी अल्ट्रा वाइड, ५ एमपी म्याक्रो र ५ एमपी डेप्थ गरी चार क्यामरा छन्। त्यस्तै, सेल्फी क्यामरा ३२ एमपी छ।
६ हजार एमएएच ब्याट्री क्षमता रहेको फोनमा १५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। उक्त फोन ग्राहकले ६ जिबी र्याम/१२८ जिबी रोम क्षमता किन्न पाउँछन्। फोनको मूल्य ३० हजार ९ सय ९९ तोकिएको छ।
मोडल | क्षमता | मूल्य (रूपैयाँमा) |
एम२१ | ४ जिबी / ६४ जिबी | २२,९९९ |
ए२१एस | ४ जिबी / ६४ जिबी | २३,९९९ |
एम२१ | ६ जिबी / १२८ जिबी | २७,४९९ |
एम३१ | ६ जिबी / १२८ जिबी | ३०,९९९ |