सामसङको ए सिरिज अन्तर्गत नयाँ ‘ग्यालेक्सी ए–३२’ अहिले बजारमा चर्चामा छ। कम्पनीले फोनमा विशेषगरि क्यामरा र डिस्प्लेलाई जोड दिएको छ।
फोनमा ६.४ इन्चको डिस्प्ले छ। जसले गर्दा प्रयोगकर्तालाई गेम खेल्न, मुभि हेर्न तथा अन्य कार्य गर्न सहज हुन्छ। कम्पनीले फोनमा पाँच हजार एमएएचको ब्याट्री दिएकोले प्रयोगकर्तालाई पटक–पटक फोन चार्ज गरिरहन पर्दैन।
‘ग्यालेक्सी ए–३२’ मा ६ जिबी र्याम र १२८ जिबी स्टोरेज छ।
यसमा ६४ मेगापिक्सलको क्यामरा छ। अल्ट्रा वाइड एंगल लेन्स ८ मेगापिक्सलको छ। त्यस्तै, ५ मेगापिक्सलको म्याक्रो लेन्स र ५ मेगापिक्सलको डेप्थ छ।
अगाडिको क्यामरा २० मेगापिक्सलको छ। यी लेन्सको सहायताले प्रयोगकर्ताले उत्कृष्ट फोटा खिच्न सक्छन्।
उक्त फोन असम ब्ल्याक, ब्लु र भायोलेट गरी तीन रङमा पाउन सकिन्छ। कम्पनीले यो फोनको मूल्य ३१ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ।