सन् २०२२ मा सार्वजनिक हुने आइफोन–एसइमा ४.७ इन्चको डिस्प्ले हुने भनिएको छ।
एप्पल इन्साइडरका अनुसार ४.७ इन्चको आइफोन–एसइमा एलसिडी डिस्प्ले र ५–जी नेटवर्कको फिचर पनि हुनेछ।
बिहिबार एप्पलका विश्लेषक रोस योंगले नयाँ आइफोनबारे यी अनुमान गरेका थिए। उनका अनुसार आइफोन–एसइको बाहिरी मोडल पुरानो आइफोन–८ को जस्तै हुनेछ।
उनले भनेका छन्, ‘एप्पलबारे केही हल्लाहरुले आइफोन–एसइमा ५–जी नेटवर्कको फिचर हुने बताइएको छ। यसैगरी सन् २०२३ मा एप्पलले अर्को नयाँ आइफोन सार्वजनिक गर्नेछ, जसमा ६.१ इन्चको डिस्प्ले र नोचको ठाँउमा ‘होल–पन्च’ डिजाइन हुने अनुमान गरिएको छ।’
यो आइफोन–एसइ एप्पलको तेस्रो जेनेरेसन मोडल हो।
सन् २०१९ मा एप्पलका अर्का विश्लेषक मिङ–ची कुओले कम्पनी ५.५ इन्च वा ६.१ इन्च डिस्प्ले र सानो नोच भएको ‘आइफोन–एसइ प्लस’मा काम गरिरहेको बताएका थिए।
यो मोडल यही वर्ष सार्वजनिक हुने अनुमान गरिएपनि कुओले प्रयोगकर्तालाई नयाँ आइफोन–एसइ प्लस अर्को वर्षतिर पर्खन भनेका छन्।