चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोको ओपो एफ १५ नेपाली बजारमा चर्चामा छ। यो फोन केही महिनायता बजारमा आएको हो।
यो स्मार्टफोन न्यून तथा मध्यम मूल्य अन्तर्गत पर्दछ। कम्पनीले फोनमा विशेषगरि फोटोग्राफी, डिजाइन र सफ्टवेयर तथा हार्डवेयरमा जोड दिएको छ।
फोटोग्राफी
अन्य फोनको तुलनामा यसमा उत्कृष्ट फोटोग्राफी फिचर्स भएको कम्पनीले दाबी गरेको छ। कम्पनीका अनुसार फोनमा ४८ मेगापिक्सलको मुख्य क्यामरा छ।
यसमा भएको क्यामराले प्रफेस्नल सट्स दिने क्षमता राख्ने कम्पनीले बताएको छ।
फोर ईन वान पिक्सेल कम्बिनेसन प्रविधिको प्रयोगले यसको ४८ एमपी रियर क्यामेरा सेन्सरको डिजाइन मार्फत् उत्कृष्ट तस्वीर आउँछ।
वाइड एंगल मोड मार्फत् प्रयोगर्ताले करिब ३ सेन्टिमिटरसम्म अटोफोकस गर्न सक्ने छन्। अरु फोनको तुलनामा यसबाट नजिकै भएका साना वस्तुको तस्वीरलाई फोकस गरेर खिच्न सकिने छ।
दुबैतिरका क्यामरामा एआइ प्रविधि छ जसले गर्दा अनुहार तथा वस्तुको फोकस स्वचालित रुपमा हुन्छ।
मोबाइलबाट भिडिओ खिच्दा हल्लिने समस्या धेरै हुन्छ। यही समस्या समाधानका लागि यसमा विशेष व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।
इलेक्ट्रोनिक इमेज स्टेबलाइजेसन प्रविधि भएको यो फोनबाट हल्लिरहेको अवस्थामा समेत स्पष्ट र सटिक भिडिओ खिच्न सकिन्छ।
कम्पनीले नाइट पोट्रेड मोड पनि उपलब्ध गराएको छ।
यो फोनबाट न्यून प्रकाश भएको ठाउँमा समेत पोट्रेट फोटो लिन सकिने छ।
स्लिक डिजाइन
७.९ एमएमको आकार र १ सय ७२ ग्राम तौल भएको ‘ओपो एफ– १५’ एक हातमा राखेर चलाउन सकिन्छ।
सानो खल्ती भएकाहरुले पनि फोन सहजै अटाउन सक्छन्।
चार क्यामेरामा मिनिमलिस्टिक डिजाइन र लेन्सलाई थप सुरक्षा प्रदान गर्न डेकोरेटिभ रिङको व्यवस्था छ।
यसमा रहेको फिंगरप्रिन्ट अनलक ३.० ले उपकरणलाई ०.३२ सेकेण्डको अवधिमा अनलक गर्छ। यो पछिल्लो पुस्ताका प्रविधिका तुलनामा ४५ प्रतिशतले तीब्र भएको कम्पनीको भनाइ छ।
८ जिबी र्याम र १२८ जिबी मेमोरी भएको फोनमा भोक फ्ल्याश चार्ज ३.० सपोर्ट गर्छ। ५ मिनेटको समयमा १० प्रतिशत र ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने छ।
सफ्टवेयर र हार्डवेयर
यसले अल्ट्रा क्रिस्पी गेमिङ तथा मनोरञ्जनको सुविधा दिने क्षमता राख्छ। फ्रेम बुस्ट र टच बुस्ट सहितको ‘ओपो एफ–१५’ ले स्मूथ गेमिङ अनुभव प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।
फोनको मूल्य ३९ हजार ९ सय ९० छ।