एप्पलका सिइओ टिम कुकले अर्को दश वर्षसम्म कम्पनीमा काम गर्ने अपेक्षा राखेका छैनन्।
न्यूयोर्क टाइम्सका लेखक कारा स्विशरसँगको एक अन्तर्वार्ताका क्रममा टिम कुकले एप्पलका उत्तराधिकार बन्ने योजनाबारे कुरा गर्न अस्वीकार गरेका थिए।
टिमले अबको दश वर्षसम्म भने कम्पनीको नेतृत्व गर्ने बताएका छन्। उनले हालसालै राजीनामा दिने योजना भने नबनाएको एप्पल इन्साइडरले लेखेको छ।
टिम कुक एप्पलमा सिइओको रुपमा आउँदो अगस्टमा दशौँ वर्षमा प्रवेश गर्दैछन्। एप्पलका संस्थापक स्टिभ जब्स बिरामी हुँदा कम्पनी केही समय टिमले चलाएका थिए। सन् २०११ अगस्ट २४ देखि भने उनी स्थायी रुपमा नै एप्पलका सिइओ भएका थिए।
यसै विषयमा कुरा गर्दै लेखक श्विशरले उनी अझै दश वर्षसम्म एप्पलमा नै काम गर्ने छन् भनेर प्रश्न गरेका थिए।
यसको जवाफमा टिमले भनेका थिए, ‘सायद अबको दश वर्षमा म एप्पलमा हुने छैन। अहिले यहाँ काम गर्दा मलाई निकै राम्रो लागेको छ, तर दश वर्ष लामो समय हो।’
एप्पलमा सिइओको पद छाडेपछि टिम के गर्छन् भन्ने प्रश्न उठेको थियो।
‘एप्पल छाडेपछि म के गर्छु भनेर केही योजना बनाएको छैन, किनकी म यो कम्पनीलाई यति धेरै माया गर्छु यो बिना मेरो जीवन कल्पना गर्नपनि गाह्रो हुन्छ,’ टिमले भने, ‘त्यसैले म एप्पलमा रहेसम्म अरु सोच बनाउँदिन। यहाँबाट बाहिरिएपछि बल्ल अरु कुराको सोच बनाउने छु।’