विश्वव्यापी टेक्नोलोजी लिडर शाओमी नेपालले रेड्मी नोट श्रृंखलाको १०औँ जेनेरेसन बजारमा ल्याएकाे छ। आधुनिक सुविधासहित रेड्मी नोट–१० बजारमा ल्याइएको कम्पनीले बताएको छ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले फोनमा विशेषगरि क्यामरा, डिस्प्ले र कार्य क्षमतालाई जोड दिएको बताए।
यसमा ६.४३ इञ्चको डिस्प्ले छ। फोन सुरक्षाको लागि साइड–माउन्टेट फिङ्गर प्रिन्ट स्क्यानरको सुविधा छ। यसमा स्टेरियो स्पिकर गरिएकाले बिना अवरोध आवाज सुन्न सकिन्छ।
फोनमा ४ क्यामरा दिइएको छ। जसमा ४८ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड, २ मेगापिक्सल म्याक्रो र २ मेगापिक्सल डेप्थ क्यामरा छ। त्यस्तै, सेल्फीका लागि १३ मेगापिक्सलको क्यामरा छ। यो तीनवटा भेरियन्टमा उपलब्ध छ।
४ जिबी र्याम र ६४ जिबी स्टोरेजको २१ हजार ९ सय ९९ र ४ जिबी र्याम र १२८ जिबी स्टोरेजको २२ हजार ९ सय ९९ र ६ जिबी र्याम र १२८ जिबी स्टोरेजको २४ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
फोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिइएको छ। यो फ्रस्ट ह्वाइट, एक्वा ग्रीन र स्याडो ब्ल्याक गरी तीन रङमा उपलब्ध छ।