चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमी छोटो अवधिमा नेपाली बजारमा स्थापित हुन सफल भएको छ। आकर्षक डिजाइन र मूल्यको महत्व दिने ब्रान्ड भनेर रियलमीलाई चिनिन्छ।
यसले केही समयअघि सार्वजनिक गरेको ‘रियलमी–सि१५’ को बारेमा यहाँ चर्चा गरिएको छ।
लामो समय टिक्ने ब्याट्री र उत्कृष्ट पर्फमेन्सका लागि थप फिचर्ससहित यस संस्करणको मोबाइललाई अझैँ मजबुत बनाएको कम्पनीले बताएको छ। आकर्षक जियोमेट्रेटिक डिजाइनका साथ ८ कोरको स्न्यापड्रागन प्रोसेसर क्वालकम फिचर छ।
कम पावरमा मोबाइलले ११ प्रोसेर टेक्नोलोजीमा काम गरिरहेको हुने भएकाले ह्याङ्ग हुने समस्या रहँदैन। यसले मोबाइलको पर्फमेन्स पनि राम्रो बनाएको छ।
मोबाइलको ग्राफिक प्रोसेसिङ युनिट (जिपियु) निकै आकर्षक छ। यसका प्रयोगकर्ताले यो सिरिजको मोबाइल फोनमा पहिलोपटक आकर्षक क्यामरा पफर्ममेन्स, राम्रो र सटिक लोकेसन ट्र्याकिङ, राम्रो कनेक्टीभीटीको पनि अनुभूति गर्न पाउँछन्।
फोनमा सबैभन्दा महत्वपूर्ण रहने ब्याट्रीको पर्फमेन्सलाई नजिकबाट बुझेर कम्पनीले ब्याट्रीलाई बढी टिकाउ बनाउने प्रयास गरेको छ।
कम्पनीले यस फोनमा विश्वमै पहिलोपटक १८ वाटको तीब्र र पूर्ण चार्जिङ हुनसक्ने ६ हजार एमएएच ब्याट्री राखेको छ।
एकपटकको पूर्ण चार्जमा मोबाइलमा ४४ घण्टासम्म लगातार कल गर्न तथा २४ घण्टाभन्दा बढी युट्युब हेर्न सकिने छ। सामान्यतया एकपटकको चार्जले ४८ दिनसम्म मोबाइल फोन चल्ने कम्पनीको दाबी छ। यसमा सुपर पावर सेभिङ मोड पनि राखिएको छ।
नीलो र सिल्भर कलर दुई विकल्पमा उपलब्ध यो मोबाइलको डिजाइनका क्रममा नीलो समुद्र तथा माथि उडिरहेको समुन्द्री चरा जस्तो देखाउन खोजिएको छ। चारवटा कर्नर बलियो गरी बनाइएको छ जसले स्क्रिन ड्यामेज हुनबाट बचाउँछ।
स्मार्टफोन कम्पनीहरुले स्मार्टफोनलाई फरक देखाउने त्यति धेरै प्रयासहरु नगर्ने भएपनि रियलमीले डिजाइनमा निकै मेहनत गरेको छ। जसकारण इन्ट्री लेभलको यस फोनको डिजाइन पनि अत्याधिक आकर्षक देखिने कम्पनीको भनाइ छ।
कम्पनीले यस फोनको खरीदमा १ वर्षको वारेन्टी दिएको छ।
- ६.५ इञ्च डिस्प्ले
- ४ जिबी र्याम र ६४ जिबी रोम क्षमता उपलब्ध
- ४ वटा एआई क्यामरा
- मुख्य क्यामरा १३ मेगापिक्सल, ८ मेगापिक्सलको अल्ट्रावाइड, २ मेगापिक्सलको म्याक्रो र २ मेगापिक्सलको डेप्थ क्यामरा
- ८ मेगापिक्सल सेल्फी
- ६ हजार एमएएच ब्याट्री क्षमता
- १८ वाटको फास्ट चार्जिङ सुविधा
- मूल्य १९ हजार ९ सय ९० रूपैयाँ