चिनियाँ ब्रान्ड ओपोले ग्राहकलाई लक्षित गरेर २० हजारभन्दा कम मूल्यमा उत्कृष्ट फिचर्सका फोन ल्याएको छ। ती फोनहरू क्रमशः ए१–के, ए३–एस र ए५–एस हुन्।
कम्पनीका अनुसार यी फोनमा नयाँ प्रविधि जडान गरिएको छ।
हेरौं यी फोनमा रहेका फिचर्सहरू
ए१–के
यस फोनमा वाटर ड्रप स्क्रिन प्रयोग गरिएको छ। २.० गिगाहर्जको अक्टाकोर प्रोसेर छ। अनुहारको माध्यमबाट फोन अनलक गर्न सकिने छ। सिम राख्नका लागि दुईवटा स्लट छ।
डिस्प्लेः ६.१ इञ्च फुल एचडी
क्यामराः ५/८ मेगापिक्सल
स्टोरेजः २/३२ जिबी
ब्याट्रीः ४ हजार एमएएच
मूल्यः १४ हजार ७ सय ९०
ए३–एस
यस फोनमा सुपर फुल स्क्रिन प्रयोग गरिएको छ। १.८ गिगाहर्जको अक्टाकोर र ४५० को स्न्यापड्रयागन प्रोसेर छ। अनुहारको माध्यमबाट फोन अनलक गर्न सकिने छ। सिम राख्नका लागि दुईवटा स्लट छ।
डिस्प्लेः ६.२ इञ्च फुल एचडी
फ्रन्ट क्यामराः ८ मेगापिक्सल
रियर क्यामराः १३/२ मेगापिक्सल
स्टोरेजः २/१६ जिबी
ब्याट्रीः ४ हजार २ सय ३० एमएएच
मूल्यः १५ हजार ९ सय ९०
ए५–एस
यस फोनमा वाटर ड्रप स्क्रिन प्रयोग गरिएको छ। २.३ गिगाहर्जको अक्टाकोर प्रोसेर छ। अनुहारको माध्यमबाट फोन अनलक गर्न सकिने छ। साथै फिङ्गर प्रिन्ट पनि जडान गरिएको छ। सिम राख्नका लागि दुईवटा स्लट छ।
डिस्प्लेः ६.२ इञ्च फुल एचडी
फ्रन्ट क्यामराः ८ मेगापिक्सेल
रियर क्यामराः १३र२ मेगापिक्सेल
ब्याट्रीः ४ हजार २ सय ३० एमएएच
स्टोरेजः २र१६ जिबी
मूल्यः १६ हजार ९ सय ९०
स्टोरेजः ३/३२ जिबी
मूल्यः १८ हजार ५ सय ९०