नयाँ वर्षमा एनसेलले डबल डेटा योजना ल्याएको छ। याे योजनाअन्तर्गत डेटा प्याक किन्दा डबल डेटा भोलुमको फाइदा लिन सकिन्छ। साथै हरेक ५० रुपैयाँ वा सोमाथिको रिचार्जमा बोनस डेटा भोलुम लिन सकिने कम्पनीले बताएको छ।
ग्राहकले ३० दिनदेखि १ दिनसम्मका पुरानै शुल्कमा डबल डेटाको सुविधा लिन सक्ने भएका हुन्।
यो योजनाअन्तर्गत चार सय ९९ मा ३० दिन समयसिमा रहेको १० जिबी डेटा प्याक लिन सकिन्छ।
यससँगै थप १० जिबी डेटा बोनस पाइन्छ।
ग्राहकले चार सय ९९ मा २० जिबी (१० जिबी + १० जिबी) डेटाको मजा लिन सक्छन्। बोनस डेटा ३० दिनको लागि मान्य रहने बताइएको छ।
त्यस्तै, एक सय ३९ मा १४ दिन समयसिमा रहेको २ जिबी डेटा प्याक किन्दा ४ जिबी डेटा भोलुम (२ जिबी+ २ जिबी) को फाइदा लिन सकिन्छ।
उक्त योजनाअन्तर्गत ४२ रुपैयाँमा ८०० एमबी डेटा भोलुम (४०० एमबी +४०० एमबी) तथा १८ मा ३०० एमबी (१५० एमबी +१५० एमबी) डेटाको सुविधा पाइनेछ।
यो प्याक एनसेलको एप, वेबसाइट तथा च्याटबोट लगायत डिजिटल माध्यमबाट किनेको भए मात्र बोनस डेटा लिन पाइने कम्पनीको भनाइ छ।
त्यस्तै, डेटा सापटी सेवा अन्तर्गत ४० रुपैयाँमा ३०० एमबी डेटा किन्दा यो योजनामा ग्राहकले उही शुल्कमा ६०० एमबी डेटा पाइन्छ।
ग्राहकले ५० देखि ९९ को रिचार्जमा योजनाको अवधिभरि ५० एमबी बोनस डेटा पाउनेछन्।
बोनस डेटा १ दिनको लागि मान्य रहने छ।
त्यसैगरी एक सयदेखि एक सय ९९, दुई सयदेखि दुई सय ९९, तीन सयदेखि चार सय ९९ सम्मको रिचार्जमा ग्राहकले क्रमसः १०० एमबी, २०० एमबी र ३०० एमबी डेटा बोनस प्राप्त गर्छन्। को रुपमा प्राप्त गर्दछन् ।
ग्राहकले ५ सयदेखि ९ सय ९९ को रिचार्जमा ५ सय एमबी बोनस डेटा तथा एक हजार वा सो भन्दा बढीको रिचार्जमा एक हजार एमबी डेटा बोनस स्वरुप पाइन्छ।
*१७१२३ # वा *१७१२३* ७८# डायल गरी आवश्यकता अनुसार डेटा प्याक किन्न सकिन्छ। मंगलबार (चैत ३१) देखि सुरु भएको यो सुविधा वैशाख १४ सम्म सञ्चालनमा रहने कम्पनीले जानकारी दिएको छ।