चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमी एक बर्षको अवधिमा नेपाली बजारमा स्थापित हुन सफल भएको छ। आकर्षक डिजाइन र मूल्यको महत्व दिने ब्रान्ड भनेर रियलमीलाई चिनिन्छ। रियलमीका सस्तादेखि महंगासम्मका फोन नेपाली बजारमा पाइन्छ। त्यसमध्ये यहाँ २० हजारभन्दा कम मूल्यका फोनबारे चर्चा गरिएको छ।
यदि तपाई २० हजारभन्दा कम मूल्यको स्मार्टफोनको खोजी गर्दै हुनुहुन्छ भने, रियलमी राम्रो विकल्प हुनसक्छ। यसले महंगा फोनमा समावेश हुने फिचर्स कम मूल्यका स्मार्टफोनमा दिएको छ।
रियलमी–सि२
यो फोनमा ६.१ इञ्चको डिस्प्ले छ। पछाडि १३ र २ मेगापिक्सल र अगाडि ५ मेगापिक्सलको क्यामरा राखिएको छ। जसको सहायताले प्रयोगकर्ताले उत्कृष्ट फोटो खिच्न सक्छन्। फोनमा ४ हजार एमएएच ब्याट्री क्षमता छ।
यो फोन ग्राहकले २ जिबी र १६ जिबी, २ जिबी र ३२ र ३ जिबी र ३२ जिबी क्षमतामा किन्न सक्ने छन्। यिनीहरूको मूल्य क्रमशः १२ हजार ९ सय ९०, १४ हजार ३ सय ९० र १५ हजार ९ सय ९० रूपैयाँ छ।
रियलमी–सि११
यो फोनमा ६.५२ इञ्चको डिस्प्ले छ। पछाडि १३ र २ मेगापिक्सल र अगाडि ५ मेगापिक्सलको क्यामरा राखिएको छ। जसको सहायताले प्रयोगकर्ताले उत्कृष्ट फोटो खिच्न सक्छन्। फोन ग्राहकले २ जिबी र्याम र ३२ जिबी स्टोरेजमा किन्न पाउँछन्।
फोनमा ५ हजार एमएएच ब्याट्री क्षमता छ। फोनको मूल्य १४ हजार ९ सय ९० रूपैयाँ छ।
रियलमी–सि३
यसमा ग्राहकले ६.५२ इन्चको डिस्प्ले पाउछन्। फोनमा तीन क्यामरा छन्। जसमा मुख्य क्यामरा १२ एमपी छ। त्यस्तै, २ एमपी माइक्रो र २ एमपी गहिराइ सेन्सर छ।
यसको सहायताले प्रयोगकर्तालाई प्रोर्टेट शट लिन मद्दत गर्दछ। ग्राहकले फोन ३ जिबी र्याम र ३२ जिबी स्टोरेजमा किन्न पाउँछन्। यसलाई ग्राहकले आफ्नो आवश्यकताअनुसार २ सय ५६ जिबीसम्म बढाउन सक्छन्।
सेल्फीको लागि ५ एमपी सेन्सर क्यामरा उपलब्ध छ। यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिएको छ। फोनको मूल्य १९ हजार ९ सय ९० रूपैयाँ छ।
रियलमी–३
यसमा ६.२ इन्चको डिस्प्ले छ। मुख्य क्यामरा १३ एमपी सेन्सर हो भने दोस्रो २ एमपी गहिराइ सेन्सर हो, जसले प्रयोगकर्तालाई प्रोर्टेट शट लिन मद्दत गर्दछ। सेल्फीको लागि १३ एमपी सेन्सर क्यामरा उपलब्ध छ।
यसमा ४ हजार २ सय ३० क्षमताको ब्याट्री दिएको छ। ग्राहकले यो फोन ३ जिबी र ३२ जिबी, ४ जिबी र ६४ जिबी क्षमतामा किन्न पाउँछन्। फोनको मूल्य क्रमशः १६ हजार ५ सय ९० र १९ हजार ९ सय ९० रूपैयाँ छ।
रियलमी–सी१२
यसमा ग्राहकले ६.५२ इन्चको डिस्प्ले पाउछन्। फोनमा तीन क्यामरा छन्। जसमा मुख्य क्यामरा १३ एमपी छ। त्यस्तै, २ एमपी माइक्रो र २ एमपी गहिराइ सेन्सर छ।
यसको सहायताले प्रयोगकर्तालाई प्रोर्टेट शट लिन मद्दत गर्दछ। ग्राहकले फोन ३ जिबी र्याम र ३२ जिबी स्टोरेजमा किन्न पाउँछन्। यसलाई ग्राहकले आफ्नो आवश्यकताअनुसार २ सय ५६ जिबीसम्म बढाउन सक्छन्।
सेल्फीको लागि ५ एमपी सेन्सर क्यामरा उपलब्ध छ। यसमा ६ हजार एमएएच क्षमताको ब्याट्री दिएको छ। फोनको मूल्य १६ हजार ९ सय ९० रूपैयाँ छ।
रियलमी–सी१५ एस
यसमा ग्राहकले ६.५२ इन्चको डिस्प्ले पाउछन्। फोनमा चार क्यामरा छन्। जसमा मुख्य क्यामरा १३ एमपी छ। त्यस्तै, ८ एमपी अल्ट्रावाइड र २ एमपी प्रोट्रेट लेन्स र २ एमपी रेट्रो लेन्स छ।
यसको सहायताले प्रयोगकर्तालाई उच्चस्तरीय फोटो लिन सहज हुन्छ। ग्राहकले फोन ४ जिबी र्याम र ६४ जिबी स्टोरेजमा किन्न पाउँछन्।
यसलाई ग्राहकले आफ्नो आवश्यकताअनुसार २ सय ५६ जिबीसम्म बढाउन सक्छन्।
सेल्फीको लागि ८ एमपी सेन्सर क्यामरा उपलब्ध छ। यसमा ६ हजार एमएएच क्षमताको ब्याट्री दिएको छ। फोनको मूल्य १८ हजार ५ सय ९० रूपैयाँ छ।