चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमी छोटो अवधिमा नेपाली बजारमा स्थापित हुन सफल भएको छ। आकर्षक डिजाइन र मूल्यको महत्व दिने ब्रान्ड भनेर रियलमीलाई चिनिन्छ।
यसले केही समयअघि सार्वजनिक गरेको ‘रियलमी–सी१२’ बारे यहाँ उल्लेख गरिएको छ।
लामो समय टिक्ने ब्याट्री र उत्कृष्ट पर्फमेन्सका लागि थप फिचर्ससहित मजबुत बनाएको कम्पनीले बताएको छ।
यसमा ग्राहकले ६.५२ इन्चको डिस्प्ले पाउछन्। फोनमा तीन क्यामरा छन्। जसमा मुख्य क्यामरा १३ एमपी छ। त्यस्तै, २ एमपी माइक्रो र २ एमपी गहिराइ सेन्सर छ।
यसको सहायताले प्रयोगकर्तालाई प्रोर्टेट शट लिन मद्दत गर्दछ। ग्राहकले फोन ३ जिबी र्याम र ३२ जिबी स्टोरेजमा किन्न पाउँछन्।
यसलाई ग्राहकले आफ्नो आवश्यकताअनुसार २ सय ५६ जिबीसम्म बढाउन सक्छन्।
सेल्फीको लागि ५ एमपी सेन्सर क्यामरा उपलब्ध छ। यसमा ६ हजार एमएएच क्षमताको ब्याट्री दिएको छ।
फोनको मूल्य १६ हजार ९ सय ९० रूपैयाँ छ।
सस्तो मूल्यमा उत्कृष्ट फिचर भएको यो फोन युवाको रोजाइमा परेको कम्पनीले बताएको छ।