विश्वव्यापी महामारीले बजारमा पारेको असरका कारण स्मार्टफोन कम्पनीले नयाँ उपकरण ल्याउन ढिलाइ गरिरहेको छ। तर, सामसङले भने यो वर्ष पनि फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
दक्षिण कोरियाली अखबार द इलेकका अनुसार सामसङले आफ्ना दुई नयाँ फोल्डबेल स्मार्टफोन आउँदो जुलाईमा सार्वजनिक गर्ने भएको हो। यसमा ग्यालेक्सी जेड फोल्ड–३ र ग्यालेक्सी जेड फिल्प–२ छन्।
गत वर्ष सार्वजनिक गरिएको फोल्डेबल फोन ग्यालेक्सी जेड फोल्ड–२ र ग्यालेक्सी जेड फिल्ड भन्दा केही परिवर्तन गरेर जेड फोल्ड–३ र जेड फिल्प–२ आउन लागेको जीएसएम एरेनाले बताएको छ।
ग्यालेक्सी जेड फोल्ड–३ मा चार हजार तीन सय ८० एमएएचको ब्याट्री पावर हुनेछ। यसको फोल्डिङ स्क्रिन ७.५ इन्चको हुनेछ।
त्यसैगरी ग्यालेक्सी जेड फिल्प–२ मा तीन हजार दुई सय एमएएचको ब्याट्री पावर हुनेछ।
सामसङले आफ्नो यी दई फोल्डबेल फोन प्रयोगकर्ताको पकेटमा अटाउने गरी अझ पातालो बनाउने सोच गरिरहेको जीएसएम एरेनाले लेखेको छ।
अहिलेसम्म फोल्डेबल स्मार्टफोन उत्पादन गर्ने कम्पनीमध्ये सामसङ, मोटोरोला र हुवावे शीर्ष स्थानमा छ।