चिनियाँ स्मार्टफोन कम्पनी ओपोको ‘ओपो ए–५४’ बजारमा आएको छ। फोनमा कम्पनीले ब्याट्री, क्यामरा, डिस्प्ले र कार्यक्षमतालाई विशेष जोड दिएको बताएको छ।
यसमा ग्राहकले ६.५१ इञ्चको पञ्चहोल डिस्प्ले पाउँछन्। ५ हजार एमएएच ब्याट्रीका साथै १८ फास्टको फास्ट चार्जिङ सुविधा दिइएको छ।
ब्याट्रीलाई एकपटक पूर्ण रुपमा चार्ज गरेपछि दुई दिनसम्म ढुक्कले चलाउन सकिने कम्पनीले बताएको छ। कम्पनीका अनुसार फास्ट चार्जरले साढे २ घण्टामै फोनलाई पुरा चार्ज गर्दछ।
ग्राहकले फोन ४ जिबी र्याम र्याम र १२८ जिबी स्टोरेजमा पाउँछन्।
फोनमा १३ एमपी वाइड, २ एमपी म्याक्रो र २ एमपी बोके क्यामरा छ। सेल्फीका लागि १६ मेगापिक्सलको लेन्स छ।
फोन क्रिस्टल ब्ल्याक र स्टारी ब्ल्यू गरी दूई रंगमा पाइन्छ। फोनको मूल्य २५ हजार ९ सय ९० छ।