दक्षिण कोरियाली मोबाइल कम्पनी सामसङले ‘सामसङ ग्यालेक्सी एम–६२’ बजारमा ल्याएको छ। फोनमा कम्पनीले विशेषगरि क्यामरा, प्रोसेसर, ब्याट्री र स्टोरेजलाई जोड दिएको छ।
फोनमा ७ हजार एमएएच ब्याट्री छ जसले प्रयोगकर्तालाई पटक–पटक फोन चार्ज गरिरहनु पर्दैन।
साथै २५ वाटको चार्ज सुविधा पनि दिइएको छ। यसको सहायताले प्रयोगकर्ताले २ घण्टामा फोन पुरा चार्ज गर्न सक्छन्।
फोन युवाहरुको आवश्यकताअनुरुप स्पीड तथा पफर्मेन्सको लागि विशेष रुपमा डिजाइन गरिएको छ। फोनमा चार क्यामरा छन्। जसमा ६४ मेगापिक्सल वाइड, १२ मेगापिक्सलको अल्ट्रा वाइड, ५ मेगापिक्सलको माइक्रो र ५ मेगापिक्सलको डेफ्थ क्यामरा छ।
यी लेन्सको सहायताले प्रयोगकर्ताले आँखाले जस्तो देखिन्छ, त्यस्तै फोटो खिच्न सक्छन्। यसमा फोके भिडियो खिच्न सकिन्छ। फोनबाट ‘स्लो मो’मा सेल्फी खिच्न सकिने सुविधा छ।
फोनमा ६.७ इञ्चको सुपर एमोलोइड डिस्प्ले दिइएको छ। फोन ग्रे, ब्लु र ग्रीन गरी तीन रङमा उपलब्ध छ। यसलाई ६ जिबी र्याम र १२८ जिबी स्टोरेजमा किन्न पाइन्छ। फोनको मूल्य ४४ हजार ९ सय ९९ रुपैयाँ छ।