नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादीबजारमा जिएसएम सेवाको विस्तार गरेको छ। करादीबजार र आसपासको क्षेत्रलाई समेट्ने गरी यो सेवा विस्तार गरिएको कम्पनीको भनाइ छ।
यो सेवाबाट बजारमा रहेका ९८ घरधुरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्नेहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख सुरेन्द्रमान सिंहले बताए।
हाल जिएसएम प्रविधि मार्पmत वायरलेस सेवा प्रदान गरिएको हो। निकट भविष्यमै सोही ठाँउबाट वायरलाइन सेवा अन्तर्गत उच्च गतिको हाई स्पिड फाइबर इन्टरनेट, एनटी टेलिभिजन र पिएसटिएन ल्यान्डलाइन सेवा सहितको ट्रिपल प्ले सेवा दिइने कम्पनीले बताएको छ।
उक्त सेवा मार्फत् वायरलेस र वायरलाइन दुवै सेवा एकै स्थानबाट दिइने गरी सञ्चालन गरिएको हो।