मोटोरोलाले नयाँ फोन ‘मोटो इ७’ नेपाली बजारमा सार्वजनिक गरेको छ। जसको ५ हजार एमएएच ब्याट्री छ। यसमा १३ एमपी डुअल क्यामरा छ।
ग्राहकले यो फोन २ जिबी र्याम/३२ जिबी स्टोरेज पाउँछन्। यसमा ६.५ एचडी प्लस डिस्प्ले दिइएकाे छ।
भारतमा बनेको यो स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सर जडान गरिएको छ। जसमा युएसबी टाइप सी चार्जर उपलब्ध गराइएको छ।
कम्पनीका अनुसार यो फोनको मूल्य १२ हजार ९ सय ९९ तोकिएको छ। फोन निलो र रातो रङमा पाइन्छ।
मोटो इ७ दराज एपमा १८ अफ्रिलदेखि उपलब्ध गराइएको छ।