हाल कोभिड–१९ तीव्र गतिले बढिरहेको अवस्थामा हामी सबै स्वस्थ र सुरक्षित रहनु अत्यावश्यक छ।
कोरोनाको दोस्रो लहरले जटिल परिस्थिति निम्त्याउँदै गएको हुँदा घर, हस्पिटल, बैंक तथा अन्य सेवा प्रदानरत संघसंस्थाहरुमा आफ्नो वरिपरि रहेका सामानहरुलाई जीवाणु रहित बनाउन गोदरेजको भाईरोसिल्ड उपयुक्त मानिएको छ।
२ देखि ६ मिनेटभित्रमा भाईरोसिल्डले युभी–सी रेमार्फत ९९ प्रतिशत बढी कोभिड–१९ भाईरसको सूक्ष्मजीवबाट सुरक्षा प्रदान गर्ने गर्दछ।
भाईरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाईल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ।
भाईरोसिल्डमा विविध सरसामाग्रीहरु राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैंकजस्ता सामानहरु भने राख्नु हुँदैन।
आईसीएमआर ल्याबद्वारा सर्टिफाईड अत्याधिक युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाईरोसिल्डमा १ वर्षको वारेन्टीे छ।
कोभिड–१९ को संक्रमण दिनानुदिन बढ्दै गईरहेको र हामी मात्र नभई हाम्रा सरसामाग्रीहरु पनि संक्रमणको घेराभन्दा बाहिर रहनु जरुरी भएकाले गोदरेज भाईरोसिल्ड निकै उपयोगी ठहरिने विश्वास गरिएको छ ।
यसलाई सिजी इलेक्ट्रोनिक्सले बजारमा बिक्री वितरण गर्दै आएको छ।