दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसङले नयाँ सिरिज बजारमा ल्याएको छ। त्यो ‘ए’ सिरिजअन्तर्गत ग्यालेक्सी ‘ए–१२’ हो। कम्पनीले यसमा ६.५ इञ्चको डिस्प्ले दिएको छ।
लामो समयसम्म पनि फोन चलाउँदा अफ नहुने गरी ५ हजार एमएएच ब्याट्री क्षमता दिएको छ। साथै, चार्ज सकिहाले छोटो समयमै फुल चार्ज गर्न १५ वाटको फास्ट चार्जिङ सुविधा छ।
- डिस्प्ले ६.५ इञ्च डिस्प्ले
- फ्रन्ट क्यामरा ८ मेगापिक्सल
- ब्याक क्यामरा ४८/५/२/२
- मिडिया टेक पी३५ अक्टाकोर प्रोसेर
- ५ हजार एमएएच ब्याट्री
- १५ वाट फास्ट फास्ट चार्जिङ सुविधा
फोनमा मुख्य क्यामरा ४८ मेगापिक्सल, अल्ट्रावाइड ५, म्याक्रो २ र २ मेगापिक्सल डेप्थ क्यामरा छ।
फोनको प्रमुख विशेषता आकर्षक डिजाइन हो। फोनमा क्लासिक म्याट फिनिसिङ्ग छ जसले हातमा लिदाँ सहज अनुभव दिन्छ।
फोनको सुरक्षाको लागि साइड फिङ्गर प्रिन्ट सेन्सर छ। फोन कालो, नीलो तथा रातो रंगमा उपलब्ध छ।
ग्राहकले यो फोन ४ जिबी र्याम ६४ जिबी स्टोरेज र ४ जिबी र्याम १२८ जिबी स्टोरेजमा पाउँछन्। फोनको मूल्य क्रमशः १८ हजार ९ सय ९९ र १९ हजार ९ सय ९९ छ।