शाओमी नेपालले ३ सिरिजका फोन नेपाली बजारमा ल्याएको छ। ती हुन्ः एमआई, पोको र रेड्मी। तिनै सिरिजका फोनहरू ग्राहकले मनपराएको कम्पनीका डिजिटल मार्केटिङ हेड जीवन तामाङ बताउँछन्।
रेड्मी सिरिजको ‘रेड्मी–९सी’ स्मार्टफोन अहिले बजारमा चर्चामा छ। यो केही महिना अघि नेपाली बजारमा आएको हो।
महङ्गा फ्ल्यागसिप फोनमा प्रयोग हुने केही प्रविधि यस फोनमा जडान गरिएको मार्केटिङ हेड तामाङले जानकारी दिए।
मोबाइलको महत्वपूर्ण पार्ट डिस्प्ले, क्यामरा, स्टोरेज र ब्याट्री नै हो। यी सबैमा उत्कृष्ट प्रविधिहरू जडान गरिएको छ।
फोनको मुख्य विशेषताः
- १३ एमपी मुख्य क्यामरा, २ एमपी डेप्थ सेन्सर, २ एमपी म्याक्रो क्यामेरा र एलईडी फ्ल्याश
- ५ एमपी सेन्सर एआई सेल्फी क्यामरा
- ६.५३ इन्च डट ड्रप डिस्प्ले
- ५ हजार एमएएच क्षमताको ब्याट्री
- २ जिबी र्याम ३२ जिबी स्टोरेज ३ जिबी र्याम ६४ जिबी स्टोरेज गरी दुई भेयिन्टमा उपलब्ध
- मूल्य क्रमश; १२ हजार ९ सय ९९ र १४ हजार ९ सय ९९
- रङः सनराइज ओरेन्ज, ट्वीलाइट ब्लु र मिडनाइट ग्रे
फोनमा दुई सिमकार्ड एकै साथ प्रयोग गर्न सकिने गरी हाइब्रिड सिम स्लट राखिएको छ।
यसमा कर्निङ गोरिल्ला ग्लास ५ प्रयोग गरिएको छ। जसले फोन स्क्र्याच हुन र सहजै फुट्नबाट बचाउँछ। फोनमा प्रयोग गरिएएको वाटर रेसिस्ट्यान्सले फोनलाई पानीबाट बचाउँछ।
यस स्मार्टफोनमा आकर्षक सेल्फी, गेम, डिजाइन र भिडियो एकदमै राम्रो छ। यो फोन शाओमीको इन्ट्री लेबल फोन अन्तर्गत पर्दछ।
फोनको पछाडि टेक्सचर डिजाइन गरिएको छ जसले फोनमा औंलाको छाप बस्न दिँदैन। एआई फेश अनलकको सहायताले फोनको लक खुल्ने भएकाले अरूले फोन चलाउन सक्दैनन्।
रेड्मीका सस्तो मूल्यका अन्य फोन पनि खोज्दै हुनुहुन्छ भने यी फोन विकल्प हुन सक्छ।
रेड्मी सिरिज अन्तर्गत रेड्मी–गो, रेड्मी ७–ए, रेड्मी–७, रेड्मी वाइ–३, र रेड्मी नोट–७ को मूल्य २० हजारभन्दा कम छ।