चिनियाँ स्मार्टफोन कम्पनी ओपोको ‘ओपो ए–५४’ बजारमा आएको छ। फोनमा कम्पनीले ब्याट्री, क्यामरा, डिस्प्ले र कार्यक्षमतालाई विशेष जोड दिएको बताएको छ।
यसमा ग्राहकले ६.५१ इञ्चको पञ्चहोल डिस्प्ले पाउँछन्। फोनको आकार ठूलो भएकाले ग्राहकलाई फान चलाउन, मुभि हेर्न तथा अन्य काम गर्न सहज हुने कम्पनीकाे अपेक्षा छ।
प्रयोगकर्तालाई फोन पटक पटक चार्ज गर्न नपरोस् भनेर कम्पनीले यसमा ५ हजार एमएएच ब्याट्री दिएको छ। चार्ज सकिहाले पनि १८ फास्टको फास्ट चार्जिङ सुविधा दिइएकोले फोन छिटै चार्ज हुन सघाउँछ।
ब्याट्रीलाई एकपटक पूर्ण रुपमा चार्ज गरेपछि दुई दिनसम्म ढुक्कले चलाउन सकिने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार फास्ट चार्जरले साढे २ घण्टामै फोनलाई पुरा चार्ज गर्दछ।
ग्राहकले फोन ४ जिबी र्याम र्याम र १२८ जिबी स्टोरेजमा पाउँछन्।
फोनमा १३ एमपी वाइड, २ एमपी म्याक्रो र २ एमपी बोके क्यामरा छ। सेल्फीका लागि १६ मेगापिक्सलको लेन्स छ। यी लेन्सको सहायताले प्रयोगकर्ताले उच्चस्तरीय फोटो खिच्न सक्छन्।
फोन क्रिस्टल ब्ल्याक र स्टारी ब्ल्यू गरी दूई रंगमा पाइन्छ। फोनको मूल्य २५ हजार ९ सय ९० छ।