चिनियाँ स्मार्टफोन कम्पनी साओमीले यो वर्ष नयाँ प्याड सार्वजनिक गर्ने भएको छ।
जीएसएमएरेनाका अनुसार हालै चीनको सामाजिक प्लेटफर्म ‘वइबो’को एक पोस्टमा साओमीका प्रशंसकहरुले नयाँ उत्पादनबारे जिज्ञासा राखेका थिए। जसको जवाफमा कम्पनीका निर्देशक वाङ टेंग थोमसले ‘एमआइ प्याड–५’ चाडैँ सार्वजनिक हुने बताएका हुन्।
‘एमआइ प्याड–५’ सँगै साओमीले यसैको अर्को लाइनअप ‘एमआइ प्याड–५ प्रो’ सार्वजनिक गर्न सक्ने अनुमान छ, तर कम्पनीले तेस्रो मोडल ल्याउने सम्भावना पनि धेरै रहेको रिर्पोटले जनाएको छ।
‘एमआइ प्याड–५’ का सबै मोडल उपकरणमा आठ हजार दुई सय ५० एमएएचको ब्याट्री पावर हुनेछ।
यसैगरी ‘एमआइ प्याड–५ प्रो’मा भने २के एलसीडी स्क्रिन हुनेछ, जसमा १२० हर्जको रिफ्रेस रेट र २४० हर्जको टच स्यामप्लिङ हुने जीएसएम एरेनाले लेखेको छ।
‘एमआइ प्याड–५’मा स्नैपड्रेगन ८७० को प्रोसेसर हुनेछ र ‘एमआइ प्याड–५ प्रो’ मिडियाटेक डाइमेन्सिटी १२०० को साथ आउनेछ।
यी प्याडमा ‘साओमी एमआइ–११’ मा जस्तै तीन क्यामरा हुनसक्ने अनुमान छ।
साओमीका निर्देशक वाङ टेंग थोमसले ‘एमआइ प्याड–५’का सबै मोडल यो वर्षको जुन महिनातिर सार्वजनिक हुने बताएका छन्।