शन्चनमा गुगल र क्यान्टारद्वारा संयुक्तरुपमा प्रकाशित दि टप ५० क्यान्टार ब्राण्डजी चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डर्स २०२१ र्याकिंग रिपोर्ट सार्वजनिक गरिएको छ।
सो रिपोर्टमा ओपो आउटस्ट्यान्डिंग चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डरका रुपमा छनोट हुँदै छैठौँ स्थानमा पर्न सफल भएको छ।
विकसित बजारहरुमा ओपोको ब्राण्ड पावरमा सन् २०१८ देखि निरन्तर बृद्धि हुँदै आएको छ।
अग्रणी ग्लोबल स्मार्ट डिभाइस ब्राण्डका रुपमा लगातार ५ बर्षदेखि ओपो छ।
ओपोका ग्लोबल सिनियर ब्राण्ड डिरेक्टर डेरेक सनले भने, ‘ओपोले यस्तो सम्मानित श्रेणी पाउँदा हामी निकै उत्साहित छौँ। विदेशी बजार प्रवेश गरिरहेका चिनियाँ ब्राण्ड मध्ये ओपोले सधै उपभोक्तालाई पहिलो प्राथमिकतामा राख्दै तत्परताका साथ तिनका लागि नवप्रबर्तनात्मक उत्पादनहरु पस्किँदै आइरहेको छ।’
चाइना ब्राण्ड एक्सिलिरेटर क्लस्टर अफ गुगलका गु्रप हेड शनशान शेङ्गले पनि ओपोको उपलब्धिका लागि बधाई दिँदै सम्मान ब्यक्त गरे।
उनका अनुसार क्यान्टार ब्राण्डजी ब्राण्ड ईक्विटी, मूल्यांकन ज्ञान र अन्तरदृष्टिका लागि विश्वकै अग्रणी स्रोत हो।
यसले विश्वभरका ११ बजारहरुमा रहेका ८ लाख ६० हजार उपभोक्ताको सोध मार्फत उद्देश्यपूर्णरुपमा विश्वब्यापी उपभोक्ताहरुको मस्तिस्कमा ब्राण्डको महत्व प्रस्तुत गर्दछ।