विश्वमा तीव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन ब्राण्ड रियलमीले ‘स्न्यापड्रागन ७७८–फाइभजी’ स्मार्टफोन चाँडै ल्याउने घोषणा गरेको छ।
फल्याागसिप ‘रियलमी जीटी’ अन्तर्गत चाँडै एण्ड्रोइड बेटा १ अपडेट ल्याउने घोषणा कम्पनीले गरेको हो।
एण्ड्रोइड १२ बेटा १ संस्करण अपडेट पाउने रियलमी जीटी पहिलो स्मार्टफोन हुने कम्पनीले बताएको छ।
अघिल्लो वर्ष कम्पनीकोे ‘रियलमी एक्स ५० प्रो’ ‘एण्ड्रोइड ११ बेटा १’ संस्करणकोे अपडेट पाउने पहिलो स्मार्टफोन थियो।
रियलमीले गुगलसँग सहकार्य गरेर डेभलपरहरु मार्फत एण्ड्रोइड ११ बेटा १ संस्करणमा आधारित रियलमी युआई २ मा प्रयोगकर्ता प्रतिक्रिया सङ्कलन गरिरहेको छ।
स्न्यापड्रागन ७७८जी–फाइभजीको मोबाइल प्लेटफर्म ६ एनएम चिप सहित क्वालकम कृयो ६७० सिपियुमा आधारित छ।
रियलमी अत्याधुनिक आर्टिफिसियल टेक्नोलोजीेको क्षेत्रमा नयाँ ट्रेन्डका रुपमा उदाएको लोकप्रिय ब्राण्ड हो। जसले उच्च क्वालिटीका मोबाइल फोनहरुको उत्पादन गरिरहेको छ।
रियलमी २०२० मा संसारका उत्कृष्ट ५० स्मार्टफोनमध्ये ७ औँ नम्बरमा परेको थियो। हालसम्म यसका प्रयोगकर्ता ७ करोड नाघेका छन्।