गएको एक वर्षमा नेपाल टेलिकमको फोरजी सेवा लिने ग्राहकको संख्या दुईगुणा बढेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार २०७६ सालको फागुनको तुलनामा २०७७ को फागुनमा २ सय प्रतितशतले फोरजी प्रयोगकर्ता बढेका हुन्।
२०७६ मा टेलिकमका कूल फोरजी प्रयोगकर्ताको संख्या ८ लाख ४३ हजार ४१ थिए। जुन २०७७ को फागुनमा २५ लाख ८९ हजार २९४ पुगेका छन्।
यो अवधिमा एनसेलका फोरजी प्रयोगकर्ताको संख्या पनि बढेको छ। अघिल्लो वर्ष एनसेलका ३७ लाख प्रयोगकर्ता रहेकोमा गएको फागुनमा ४८ लाख पुगेका छन्।
नेपालमा तीनवटा सेवाप्रदायकले फोरजी सेवा दिइरहेका छन्। नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले फोरजी सेवा दिन्छन्। हालसम्म कूल ७६ लाख ६८ हजार १८१ फोरजी प्रयोगकर्ता छन्।