सन् २०२० मा साओमीले सार्वजनिक गरेको आफ्नो ‘एमआइ १० अल्ट्रा’ १२० वाटमा द्रुत चार्जिङ हुने स्मार्टफोनको रुपमा घोषणा गरेको थियो।
अब भने कम्पनीले २०० वाटको फास्ट ‘चार्जिङ टेक’ ल्याएर फोनलाई केही मिनेटमा नै चार्ज गर्न मिल्ने योजना बनाइरहेको इन्डियाटुडेले लेखेको छ।
यस वर्षको दोस्रो त्रैमासिकतिर कम्पनीले ‘हाइपरचार्ज टेक’ ल्याउने भएको छ। यो टेकबाट शून्य प्रतिशत ब्याट्री भएको फोन ८ मिनेटमा पुरा चार्ज हुने साओमीले बताएको छ।
‘हाइपरचार्ज टेक’ चार्जिङ २०० वाटको हुने भएकाले यसले चार हजार एमएएच ब्याट्री पावर भएको स्मार्टफोनमा मात्र छिटो चार्ज गर्छ।
साओमीले यस फास्ट चार्जिङ टेक आफ्नो एमआइ ११ प्रो स्मार्टफोनमा परिक्षण गरेको थियो। चार हजार एमएएच ब्याट्री पावर भएको सो स्मार्टफोनको ब्याट्री तीन मिनेटमा शून्य प्रतिशतबाट ५० प्रतिशत पुगेको थियो।
यो ‘चार्जिङ टेक’बाट १२० वाटका अन्य वायरलेस उपकरणहरु पनि पन्ध्र मिनेटमै पुरा चार्ज गर्न सकिने इन्डियाटुडेको भनाइ छ।
यसअघि साओमीले १२० वाट र ८० वाटको वायरलेस चार्जिङ सोलुसन ल्याएको थियो।
२०० वाटको फास्ट चार्जिङले ब्याट्रीको सुरक्षामा डर हुने भएकोेले कम्पनीले ‘हाइपरचार्ज टेक’ व्यवसायिक रुपमा सार्वजनिक गर्ने तय भएको छैन।
यदि यो टेक सार्वजनिक भएमा ग्राहक अर्को वर्षतिर प्रिमियम स्मार्टफोनमा यसको सुविधा पाउने रिर्पोटले बताएको छ।