गत वर्ष सार्वजनिक भएको स्मार्टफोन ‘ग्यालेक्सी ए–०२एस’को सफलतापछि सामसङले अर्को नयाँ मोडल बनाउने भएको छ।
दक्षिण कोरियाली टेक रिर्पोटका अनुसार सामसङले आफ्नो ग्यालेक्सी ए सिरिज अन्तर्गत ‘ग्यालेक्सी ए–०३एस’ सार्वजनिक गर्ने हल्ला छ।
कम्पनीले नयाँ स्मार्टफोनबारे कुनै जानकारी नदिएपनि प्रशंसकहरुले ‘ग्यालेक्सी ए–०३एस’का फिचरबारे अनुमान लगाउन सुरु गरिसकेका छन्।
हालै अनलिक्सले ‘ग्यालेक्सी ए–०३एस’को डिजाइन र फिचर लिक गरेको हो। सार्वजनिक भएको फोटोमा ‘ग्यालेक्सी ए–०३एस’को स्क्रिन माथिपट्टि वाटरड्रप नोच डिजाइन देखिन्छ। साथै यो फोनमा तीनवटा प्राइमेरी क्यामरा छ। यो फोनमा ६.५ इन्चको डिस्प्ले छ। यसको सेल्फी क्यामरा ५ मेगापिक्सलको छ।
फोनको पछाडीपट्टिका तीन क्यामरामध्ये मुख्य क्यामरा १३ मेगापिक्सलको छ भने, बाँकी दुई क्यामरामा २ मेगापिक्सलको लेन्स छ।
‘९१ मोबाइल’का अनुसार यो स्मार्टफोनको डिजाइनहरु लगभग ‘ग्यालेक्सी ए–०२एस’ जस्तै छ।
यो फिगंरप्रिन्ट सेन्सर फिचर र माइक्रो यूएसबी पोर्टका साथ आउने छ। सामसङले ‘ग्यालेक्सी ए–०३एस’को सार्वजनिक मितिबारे कुनै आधिकारिक जानकारी दिएको छैन।
रिर्पोटहरुका अनुमान अनुसार यो नयाँ स्मार्टफोन अबको केही वर्षमा बजारमा उपलब्ध हुनेछ।