संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडिपी) र एनसेल आजियाटा लिमिटेडबीच सम्झौता भएको छ।
नेपालमा दिगो विकास तथा साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न यूएनडिपी र एनसेलबीच सम्झौता भएको हो।
यूएनडिपीकी आवासीय प्रतिनिधि ऐशानी मेडागाङ्गोडा लाबे र एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले शुक्रबार समझदारी पत्रमा (भर्चुअलरूपमा) हस्ताक्षर गरे।
साइकल अभियानलाई ‘ग्रिनवे’ अर्थात् ‘हरितमार्ग’ एपको माध्यम लगायतबाट प्रवद्र्धन गरिने बताइएको छ।
शहरी बासिन्दाका लागि दिगो शहरी यातायात र वातावरण–मैत्री जीवन पद्धतिको छनोट प्रवद्र्धन गर्ने उद्देश्य यो अभियानको छ।
उक्त अभियानको शुभारम्भ गत पुस २०७७ बाटै भएको थियो।