हुवाइ र भाइबरबीच एप ग्यालरीलाई अझै सजिलो बनाउने समझदारी भएको छ। एप ग्यालरीमा निःशूल्क र सजिलो संचारका लागि भाइबर राम्रो रहेको हुवाइ कम्पनीले बताएको छ। यसकारण भाइबरसँगको ब्रान्ड सहकार्यलाई दीर्घकालको लागि विस्तार गर्ने घोषणा गरेको छ।
विश्वका १९० राष्ट्रहरुमा करोडौं प्रयोगकर्ताहरु रहेको यो सेवा एप ग्यालरीमा जोडिने पहिलो र लोकप्रिय रहेको कम्पनीको दाबी छ।
भाइबरबाट भ्वाइस र भिडियो कलहरु, मेसेजिङ र ग्रुप च्याटहरु गर्न सकिन्छ। धेरै भूभागहरुमा एप ग्यालरी मार्फत् ६२ मिलियन वितरणसँगै यसको बलियो उपस्थिति रहेको बताइएको छ। यी दुवै कम्पनीहरु मिलेर बढ्दो प्रयोगकर्तालाई लक्षित गरेर काम गरिरहेका छन्।
कम्पनीकाअनुसार एप ग्यालरीमा भाइबरले पाएको सफलताको एक हिस्सा हुवाइको ‘विश्वव्यापी एवं स्थानीय रणनीति’ लाई अँगाल्नु पनि हो।
व्यवसायिक रणनीतिक साझेदारीको एक हिस्सास्वरुप भाइबरले अद्यावधिक गरेर एप प्रकाशन गरेको छ।
जसमा एप ग्यालरीबाट नयाँ संस्करणको एप डाउनलोड गर्ने प्रयोगकर्ताका लागि भाइबरले आफ्नो स्वामित्वमा रहेका सबै स्टिकर प्याकहरु निःशूल्क दिदैँ आएको छ।