एप्पलले अब आफ्नो नयाँ आइप्याड प्रो मोडलमा वायरलेस चार्जिङ सुविधा ल्याउने भएको छ।
एप्पलको आउँदो जेनेरेसनको आइप्याड प्रोको पछाडीपट्टि हुने ग्लास डिजाइनले यो चार्जिङ वायरबिना चार्ज गर्न मिल्ने एप्पल इन्साइडरले बताएको छ।
हाल कम्पनी आफ्ना आउँदो ट्याब्लेटमा वायरलेस चार्ज फिचर राख्न काम गरिरहेको छ। यसको लागि एप्पलले उपकरणको पछाडी ग्लासको डिजाइन बनाइरहेको हो।
यसैगरी एप्पल ‘म्यागसेफ’ जस्तै नयाँ म्यागनेटिक वायरलेस चार्जिङ बनाउने तयारीमा लागेको छ। गत वर्ष सार्वजनिक भएको ‘म्यागसेफ’ आइफोनलाई वायरबिना चार्ज गर्न सकिने उपकरण हो। म्यागसेफबाट चार्ज गर्न उपकरणको पछाडीको भाग ग्लासले बनेको हुनु पर्छ।
एप्पलले आइप्याड प्रोका लागि सार्वजनिक गर्न सक्ने अर्को म्यागनेटिक वायरलेस चार्जिङ कस्तो हुनेछ भन्ने जानकारी प्राप्त भएको छैन। तै त्यसको चार्जिङ पावर म्यागसेफभन्दा धेरै हुने रिर्पोटले अनुमान गरेका छन्।
एप्पल इन्साइडरका अनुसार नयाँ आइप्याड प्रो सन् २०२२ मा सार्वजनिक हुने भएकोले त्यसबारे बनेका योजनाहरु पुरा हुने तय भएको छैन।
यसका साथै एप्पलले यस वर्ष पुनःडिजाइन गरिएको आइप्याड मिनीपनि सार्वजनिक गर्नेछ।
नयाँ आइप्याड मिनीमा सानो डिस्प्ले बोर्डर हुने र ट्याब्लेटमा होमबटन नहुने एप्पलका विशेलेषक मिङ–ची कुओले अनुमान गरेका छन्।