भारत अध्ययन विशेष स्टडी इन इन्डिया भर्चुअल एक्सपोले विद्यार्थीलाई भारतमा हुने अध्ययनबारे अन्तर्राष्ट्रिय विद्यार्थीलाई सबै जानकारी दिने भएको छ।
आयोजक संस्था अफेयर्स एक्जिविसन एण्ड मिडियाले विश्वका ४५ राष्ट्रका विद्यार्थीलाई भारतको शिक्षा प्रणाली, अध्यापन हुने विषय, विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्ति, भौतिक शैक्षिक वातावरणको विषयमा जनकारी दिनेछ।
उक्त एक्स्पो शुक्रवारदेखी ५ दिनसम्म भर्चुअल रुपमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ।
एक्सपोमा ४० बढी विश्वविद्यालय, २ सय भन्दा बढी विषय र सत प्रतिशतसम्म छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ।
यो एक्सपोले विद्यार्थीलाई भारतमा अध्ययनको विषयमा एउटा माइन्डसेट तयार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
विद्यार्थीले विश्वविद्यालयकै प्रतिनिधीबाट घरमै बसेर आवश्यक सबै जानकारी पाउन सक्ने भएकाले यो एक्स्पो महत्वपूर्ण हुने भारतिय शैक्षिक मानवस्रोत व्यवस्थापन गर्ने संस्था एडसिलका अध्यक्ष एवं कार्यकारी निर्देशक मनोज कुमारले बताए।
उनले भने, ‘एक्स्पो हालको परिस्थितीमा धेरै नै उपायोगी हुने र विद्यार्थीले यसबाट भारतको शैक्षिक प्रणालीको विषयमा सबै जनकारी पाउनसक्ने भएकोले अफेयर्सको यो कार्यक्रम एकदमै उपयोगी हुनेछ।’
त्यस्तै अफेयर्स एक्जिविसन एण्ड मिडियाका कार्यककारी निर्देशक सञ्जिव वोलियाले भारतिय शैक्षिक संस्थालाई विश्वव्यापी रुपमा परिचित गराउन अन्तर्राष्ट्रिय विद्यार्थीलाई भारत अध्ययन विशेष सम्पूर्ण शैक्षिक जानकारी दिइने बताए।
एक्सपोमा सहभागि हुन विद्यार्थीहरुले यसको वेभसाइट स्टडि इन इन्डिया डटकममा रजिस्टर गर्न सक्नेछन्।