चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले नयाँ सिरिज अन्तर्गत रियलमी–जिटी फोन भित्र्याएको छ। यो फ्ल्यागसिप स्मार्टफोन हो।
पहिलो क्वालकम स्न्यापड्रागन ८८८ अन्तर्गत सञ्चालित यस फोनले उपभोक्तालाई उच्च गुणस्तरीय अनुभूति दिन्छ।
यसको डिजाइन ग्राण्ड टुरर्स (जीटी) स्पोर्ट कारमा आधारित छ। फोनको पछाडिपट्टि थ्रिडी लाइट प्रतिविम्व गर्ने आकृतिका साथ ग्लास कभरको डिजाइन गरिएको छ।
रियलमी जिटीले नयाँ पुस्ताको स्टेनलेस स्टिल भिसीकुलिङ सिस्टम प्रयोग गरेको छ। जसले फोनको तापक्रम नियन्त्रण गरी टिकाउ राख्छ।
यस फोनमा १८६ ग्रामभन्दा कम र अधिक पातलो डिजाइन गरिएको छ। फोनमा ४५ सय एमएएच् ब्याट्री र ६५ वाट सुपरडर्ट चार्जिङ सपोर्टर रहेको छ जसले फोनलाई केवल ३५ मिनेटमा पुर्ण चार्ज गर्न सहयोग गर्छ।
फोनमा ६.४३ इन्चको सुपर एमोलेड डिस्प्ले छ। स्मार्टफोनमा डल्बी एटमस डुअल स्टेरियो स्पिकर, हाई–रेज अडियो, र ३.६ एमएम अडियो ज्याक छ।
रियलमी जिटीमा सोनीको ६४ एमपीको तीन क्यामरा छ।