चिनियाँ स्मार्टफोन कम्पनी वानप्लस र ओपो एकअर्कासँग मर्ज हुँदैछन्।
इन्ग्याजेटका अनुसार पछिल्लो केही समयअघि काममा सहकार्य गरेपछि यी दुई कम्पनी मर्ज हुन लागेको हो। मर्ज भएपछि वानप्लसले ओपोको उप–ब्रान्डको रुपमा काम गर्नेछ।
वानप्लस र ओपो दुवै चिनियाँ कम्पनी बिबिके इलेक्ट्रोनिक्सको स्वामित्वमा छ। त्यसैले दुई कम्पनीलाई मर्जको गर्नुको कारण बढी स्रोतहरु खोजेर कामको सम्बन्धलाई अगाडि बढाउनु हो।
वानप्लका सह–संस्थापक पीट लाउ र कार्ल पेइ पहिले ओपोमा सँगै काम गर्थे। सन् २०२० को मे महिनमा पीट लाउले ओपोको मुख्य उत्पादक अधिकारीको रुपमा दोस्रो भूमिका पनि निभाउन थालेका हुन्।
‘ओप्पोमा पनि आबद्ध भएदेखि हामीले वानप्लसका टिम ओपोसँग एकीकृत गरेर हाम्रा अपरेशनहरु व्यवस्थित तरिकाले बढाउन सकेका थियौँ,’ लाउले एक फोरम पोस्टमा लेखेका छन्, ‘त्यसलगतै देखिएको सकरात्मक प्रभावपछि हामीले ओपोसँग आफ्नो कम्पनीलाई थप एकीकृत गर्ने निर्णय गरेका छौँ।’
यो कदमले वानप्लाई अझ राम्रो उपकरणहरु विकास गर्न थप स्रोत दिने लाउले बताएका छन्।
उनले भने, ‘ओपोसँगको मर्जपछि वानप्लस आफ्ना प्रयोगकर्ताहरुका लागि छिटो र अधिक स्थिर सफ्टवेयर ल्याउन सक्षम हुनेछ।’
वानप्लस अब ओप्पोअन्तर्गत काम गने भएपनि यो कम्पनी स्वतन्त्र रुपमा रहने लाउले जानकारी दिए। वानप्लसको आफ्नै उत्पादनहरु र कार्यक्रमहरु सञ्चालन भइरहने तथा आफ्ना ग्राहकसँग पनि संलग्न हुने इन्ग्याजेटले लेखेको छ।
वानप्लसले आफ्नो पहिलो स्मार्टघडी ‘वानप्लस वाच’ सार्वजनिक गरेको धेरै समय भएको छैन। सो स्मार्टघडीको समस्याबारे धेरै गुनासो आएपछि कम्पनीले अपडेटहरु ल्याउने वाचा गरेको छ।
ओपोसँगको मर्जले वानप्लसको नयाँ स्रोतहरु प्रयोग गरेर ‘वानप्लस वाच’को लागि अपडेट चाडैँ ल्याउने विश्वास गरिएको छ।