दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसङ ग्यालेक्सी ‘एम–३२’ भारतमा सार्वजनिक हुने भएको छ। भारतीय सञ्चार माध्यम दैनिक जागरणका अनुसार यो फोन आगामी सोमबार सार्वजनिक हुने भएको हो।
सामसङको एम सिरिज स्मार्टफोन विश्व बजारमै उत्कृष्ट छ। यो नेपाली प्रयोगकर्ताको रोजाईंमा पनि परेको सिरिज हो।
यो फोन केही साताभित्रै नेपाली बजारमा आउने सामसङ नेपालले जानकारी दिएको छ।
फोनमा ६.४ इञ्चको डिस्प्ले छ। यसमा ६ जिबी र्याम र १२८ जिबी स्टोरेज दिइएको छ। ग्यालेक्सी एम–३२ मा ६ हजार एमएएच ब्याट्री छ। गुणस्तरीय फोटोको लागि ४८ मेगिापिक्सल मुख्य क्यामरा रहेको दैनिक जागरणले लेखेको छ।