‘मेरो डिजिटल नेपाल,मेरो परिकल्पना’ सिर्जनशील प्रतियोगिता सुरु भएको छ।
माई सेकेण्ड टिचरसँगको सहकार्यमा लिभिङ विथ आइसिटीले आयोजना गरेको यो प्रतियोगिता असार ३० गतेसम्म विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन्।
निबन्ध, कविता, लेख वा एनिमेशनमध्ये कुनै एक तयार पारेर विद्यार्थीले प्रतियोगितामा सहभागी जनाउन सक्नेछन्।
यसमा १२ कक्षासम्मका विद्यार्थीमात्र सहभागी हुन पाउने आयोजकले जानकारी दिएको छ।
असार ३० गतेसम्म प्राप्त विद्यार्थीका रचनालाई छनौट गरी उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाख रुपैयाँसम्म पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । सहभागि हुन इच्छुक विद्यार्थीले माई डिजिटल नेपाल डट ओआरजी (www.mydigitalnepal.org) वेबसाइटमा गएर आफ्नो रचना बुझाउन सक्नेछन ।