एचएमडी ग्लोबलले नोकिया जि–२० र नोकिया जि–१० सार्वजनिक गरेको छ।
कम्पनीले यी फोनमा ५ हजार ५० एमएएचको ब्याट्री दिएको छ। जुन तीन दिनसम्म टिकाउ हुने कम्पनीले बताएको छ।
फोनको डिस्प्ले ६.५ इञ्चको छ। फोनमा चार क्यामरा दिइएको छ। यसमा भएको वाइड एंगल र माइक्रो लेन्सले फराकिलो स्पष्ट तस्वीर खिच्न सघाउँछ।
फोन सुरक्षाको लागि फिंगर प्रिन्ट दिइएको छ।
नोकिया जि–२० नाइट र ग्लेसियर गरी दुई रंगमा किन्न पाइन्छ। यो ४ जिबी र्याम ६४ जिबी स्टोरेजमा छ। फोनको मूल्य १९ हजार ९ सय ९९ तोकिएको छ।
त्यस्तै, नोकिया जि–१० नाइट र डस्क गरी दुई रंगमा उपलब्ध छ। यो ४ जिबी र्याम ६४ जिबी स्टोरेजमा छ। फोनको मूल्य १६ हजार ९ सय ९९ छ।