साओमी नेपाल, ग्लोबल टेक्नोलोजी लिडरले रेडमी नोट–१० एस सार्वजनिक गरेको छ।
यो स्मार्टफोनमा स्लिक डिजाइन, गुणस्तरीय क्यामरा, उच्च कार्यक्षमता र स्मुथ डिस्प्ले दिइएको कम्पनीले बताएको छ।
फोनमा चार क्यामरा छन्। ती ६४ एमपी प्राइमरी, ८ एमपी अल्ट्रा–वाइड , २ एमपी म्याक्रो र २ एमपी डेप्थ सेन्सर लेन्स हुन्।
त्यस्तै, सेल्फीका लागि १३ एमपीको फ्रन्ट इन–डिस्प्ले क्यामरा दिइएइको छ।
फोनमा ६.४३ इञ्च फूल एचडी प्लस सुपर एमोलेड डिस्प्ले छ। यसमा कम्पनीले ५ हजार एमएएच ब्याट्री दिएको छ। त्यसै ३३ वाटको फास्ट चार्जिङ सुविधा पनि छ।
यो फोन डीप सी ब्लु, फ्रोस्ट ह्वाइट र स्याडो ब्याल्क गरी तीन रंगमा उपलब्ध छ।
ग्राहकले यो ६ जिबी र्याम ६४ स्टोरेज र ६ जिबी र्याम १२८ जिबी स्टोरेजमा किन्न पाउँछन्।
मूल्य क्रमशः २४ हजार ९ सय ९९ र २६ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।