ओपोले आधिकारिक रुपमा एलएफ एआई र डाटा फाउन्डेशनको गर्भनेन्स बोर्डमा प्रिमियर सदस्यकारुपमा आफ्नो संलग्नता जनाएको छ।
यस मार्फत नवप्रबर्तन तथा एआई प्रविधिको अंगिकरणका लागि ओपो लगायत अन्य प्रिमियर सदस्यहरुले सशक्त ओपन सोर्स एआई र डाटा कम्यूनिटिजको प्रबद्र्धनका लागि उल्लेखनिय योगदान पुर्याउनेछन् ।
सन् २०१८ मार्च महिनामा लिनक्स फाउन्डेशनद्वारा स्थापित एलएफ एआई एण्ड डाटा फाउन्डेशनमा विभिन्न उद्योग मध्येका ४९ सदस्य छन्।
आफ्नो मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ तिर अग्रसर हुँदै, इन्टरनेट अफ एक्स्पेरियन्सको यस यूगमा डेभलपर्स र पार्टनर्स दूबैका लागि फाइदाजनक ओपन पर्यावरणको निर्माण गर्नु ओपोको उद्देश्य हो।
लामो समयदेखि ओपोले एआई र डाटा प्रविधिमा लगानीलाई निरन्तरता दिइरहेको छ।
‘ओपोलाई प्रिमियर सदस्यका रुपमा हाम्रो गभर्निंग बोर्डमा स्वागत गर्न पाउँदा हामी हर्षित छौँ। हाम्रा सबै फाउण्डेशन लेभल कमिटीहरुमा ओपोको भोटिंग सिट हुनेछ’, एलएफ एआई एण्ड डाटा फाउन्डेशनका कार्यकारी निर्देशक डा. इब्राहिम हदादले भने।