अनलाइन सिकाई प्ल्याटफर्म वेदा सिस्टमले हातहातमा शिक्षा अभियान ल्याएको छ।
सिकाइमा सहभागी विद्यार्थीलाई उत्प्रेरणा दिने उद्देश्यले उक्त अभियान आएको कम्पनीले जानकारी दिएको छ।
६ सय ५० विद्यालयलाई प्रविधिमार्फत् सिकाईको माध्यम उपलब्ध गराउँदै आएको वेदाले ल्याएको अभियान सामाजिक सञ्जाल फेसबुकमा बुधबारदेखि एक महिनासम्म चल्नेछ । यसका लागि वेदले खल्ती मोबाइल वालेटसँग सहकार्य गरेको छ ।
यो योजनामा सहभागी हुने शिक्षक तथा विद्यार्थीले अनलाइन कक्षाको अनुभवसहित ३० सेकेन्ड लामो भिडिओ बनाउनुपर्ने छ । जसलाई उनीहरुले आफ्नो फेसबुकमा शेयर गर्नुपर्नेछ । भिडिओमार्फत आफ्नो अनुभव शेयर गर्ने सबै सहभागीले खल्ती वालेटमा सय रुपैयाँ ब्यालेन्स प्राप्त गर्नेछन् ।
उत्कृष्ट हुनेलाई ल्यापटप सहित लाखौं मूल्यका आकर्षण पुरस्कार दिइने वेदले जानकारी दिएको छ।
यसमा सहभागी हुनका लागि शिक्षक तथा विद्यार्थीले आफ्नो अनलाइन कक्षाको अनुभवसहितको भिडियो फेसबुकमा सबैले देख्न सकिनेगरी शेयर गर्नुपर्नेछ। यस्तो भिडिओ ३० सेकेन्ड लामो हुनुपर्ने छ।
वेदको फेसबुक पेज लाइक तथा फलो गरी भिडिओ पोष्ट गर्दा #HaatHaatmaShikshya #Veda #Khalti ह्यासट्याग राख्नु गर्नुपर्नेछ ।
वेद गुरु (उत्कृष्ट शिक्षक)का रुपमा ४ जना शिक्षकले ५० हजार बराबरको ल्यापटपसँगै खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स पाउने छन्।
फ्युचर लिडर (उत्कृष्ट विद्यार्थी)का रुपमा चार जनालाई ५० हजार रुपैयाँ बराबरको ल्यापटप र खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स पाउने छन्।
त्यस्तै वेद सिस्टम प्रयोग नगर्नेलाईमध्येबाट एकजना शिक्षकले ५० हजार रुपैयाँ मूल्य पर्ने वेदको सब्स्क्रिप्सन एक वर्षको लागि निःशुल्क र खल्ती वालेटमा १० हजार रुपैयाँ ब्यालेन्स पाउने छन्।