लाभा इन्टरनेशनलले बेंकोका दुई स्मार्टफोन बजारमा ल्याएको छ। ती बेंको भि–८० र भि–६० हुन्।
नेपालमा सबैभन्दा धेरै संख्यामा बिक्री हुने मोबाइलमध्ये ‘लाभा’ पनि एक हो। लाभा इन्टरनेसनलले लाभाका फोनलाई नेपाली बजारमा ल्याउँदै आएको छ। विगत दस वर्षदेखि नेपाली बजारमा लाभाका विभिन्न फोनहरू बिक्री भइरहेका छन्।
विशेषगरी ’बारकिप्याड’ फोनमा लोकप्रिय लाभाले स्मार्टफोन पनि सस्तो मूल्यमै ल्याइरहेको छ। किप्याड फोन चलाइरहेका उपभोक्तालाई मूल्य र फिचर्समा सहज हुनेखालका टच स्मार्टफोन भर्खरै बजारमा ल्याएको छ।
यी स्मार्ट फोनको मूल्य १५ हजार भन्दा कम मूल्यमै पाइने लाभा इन्टरनेसनलका मार्केटिङ म्यानेजर शंकर मैनालीले जानकारी दिए। सस्तो मूल्यमा धेरै सुविधा पाइने यी स्मार्टफोनबाट आधुनिक प्रविधिको प्रयोग सजिलै गर्न सकिने उनको भनाइ छ।
‘नयाँ टचस्क्रिन प्रविधि, इन्टरनेटमा आधारित म्यासेन्जिङ तथा कल सुविधा, मेमोरी कार्ड नराखी फिल्म स्टोर गरी हेर्न सकिने लगायत सबै आधारभूत सुविधा छ,’ उनले भने।
पछिल्लो समय पढाइ प्रयोजनमा स्मार्टफोन खोजिरहेका स्कुले विद्यार्थीका लागि पनि लाभाका स्मार्टफोन उपयुक्त विकल्प हुने उनको भनाइ छ।
बेंको भि–६०
- ६.१ इञ्च डिस्प्ले
- ४ हजार १ सय २० एमएएच ब्याट्री
- २ जिबी र्याम ३२ जिबी स्टोरेज
- पछाडि १२ मेगापिक्सल क्यामरा
- ५ मेगापिक्सल सेल्फी क्यामरा
- मूल्य १० हजार ३ सय ४९ रूपैयाँ
लाभा बेंको भि–८०
- ६.५१ इञ्च डिस्प्ले
- ५ हजार एमएएच ब्याट्री
- ३ जिबी र्याम ३२ जिबी स्टोरेज
- पछाडि ८ मेगापिक्सल क्यामरा
- ८ मेगापिक्सल सेल्फी क्यामरा
- मूल्य ११ हजार ७ सय ७७ रूपैयाँ