राकुटेन भाइबरले ‘स्न्याप इनकर्पोरेट’सँग सम्झौता गरेको छ।
स्न्यापले विकसित गरेको उपकरणहरु क्यामरा किट, क्रियटिभ किट, बिटमोजि लगायतको प्रयोग गरेर भाइबरले ए.आर लेन्सहरु एकीकृत गर्नेछ। साथै स्न्यापच्याटमा सेयर गर्न समर्थ गराउनेछ र भाइबरमा योग्य बिटमोजि एभटार्स ल्याउनेछ।
स्न्यापद्वारा पावर गरिएको भाइबर लेन्सले पहिलोपटक भाइबर प्रयोगकर्ताहरुलाई ए.आर प्रयोग गर्न मिल्ने भिडियो मेसेजिङ्ग र फोटोहरु प्रदान गर्नेछ।
यो ३० नयाँ भाइबर लेन्सहरुमा शुरुको चरणमा एनिमल मास्क, भाइबर क्यारेक्टर्स, अन्डरवाटर लेन्स, सिल्ली क्याट फेसलगायत समावेश छन्।
कम्पनीले प्रत्येक महिना ५०–७० वटा गरी वर्षको अन्तिम सम्म ३०० वटा नयाँ लेन्सहरु थप्दै जाने योजना बनाएको छ।
व्यवसायीहरुले भाइबरमा उनीहरुका आफ्नै विशेष लेन्सहरु रचना गर्ने अवसर प्राप्त गर्ने बताइको छ।
भाइबर एक कलिङ्ग र मेसेजिङ्ग एप हो।
नयाँ भाइबरका विशेषताहरुः
- इन्स्ट्यान्ट अगुमेन्टेड रियालिटी
- ध्यानाकर्षण गराउने फिल्टरहरु
- विभिन्न भाव जनाउने मास्कहरु
- सौन्दर्य बढाउने विशेषता
- अनुकूलनयोग्य बिटमोजि (व्यक्तिगत बिटमोजि कलाहरुलाई फोटोहरु तथा भिडियोहरुमा एकीकृत गर्न मिल्ने)
एपको आइओएस संस्करण र एन्ड्रोइड बेटा संस्करण जुन ३० तारिखदेखि विभिन्न राष्ट्रहरुमा उपलब्ध हुनेछ। ति हुन्, अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, क्यानाडा, डेनमार्क, बेलायत, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीनल्याण्ड, आइसल्याण्ड, आयरल्याण्ड, इजरायल, इटाली, जापान, लिकस्टेन, लक्जेमबर्ग, माल्दिभ्स, नेदरल्याण्ड्स, नर्वे, पोर्चुगल, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, र संयुक्त राज्य अमेरिका।
भाइबरले अगष्ट अन्त्यसम्ममा सबै एन्ड्रोइड प्रयोगकर्ताहरु र नेपालसहित प्रमुख ३० भाइबर क्षेत्रहरुमा उक्त सेवा प्रदान गरिसक्ने लक्ष्य लिएको छ ।