चिनियाँ स्मार्टफोन कम्पनी हुवाइले ‘हुवाइ नोभा ८–आइ’ मोडल सार्वजनिक गरेको छ।
करिब एक हप्तादेखि कम्पनीले आफ्नो साइटमा यो फोन आउन लागेको जानकारी दिएको थियो। बुधबार ‘हुवाइ नोभा ८–आइ’ मलेसियामा सार्वजनिक गरिएको हो।
ग्याजेट ३६० का अनुसार यो स्मार्टफोनमा ६.६७ इन्चको फुल एचडी प्लस एलसिडी डिस्प्ले छ। यो स्मार्टफोन ओक्टाकोर क्वालकम स्न्यापड्रयागन ६६२ प्रोसेसरले बनेको छ।
एन्ड्रोइड १० संस्करणमा चल्ने हुवाइको यो नयाँ स्मार्टफोनमा चार क्यामरा छ। यसको मूख्य क्यामरा ६४ मेगापिक्सलको छ भने, ८ मेगापिक्सलको अल्ट्रा–वाइड एंगल सेन्सर, २ मेगापिक्सलको डेप्थ सेन्सर र २ मेगापिक्सलको म्याक्रो लेन्स छ। यसको अगाडिपट्टि १६ मेगापिक्सलको सेल्फी क्यामरा छ।
‘हुवाइ नोभा ८–आइ’मा ८ जिबी र्याम र १२८ जिबीको स्टोरेज उपलब्ध छ। चार हजार तीन सय एमएएच ब्याट्री पावर भएको यो फोनमा ६६ वाटको सुपरफास्ट चार्जिङ सर्पोट छ। यो सुविधापछि फोन ३८ मिनेटमा नै पूरा चार्ज हुन्छ।
यसैगरी यस स्मार्टफोन साइड–माउन्टेड फिंगरप्रिन्ट सेन्सर छ। यसमा भएको डुअल सिम कार्डले दुवै नानो सिम र नानो सिम कार्ड समर्थन गर्छ।
‘हुवाइ नोभा ८–आइ’ मुनलाइट सिल्भर, इन्टर्सटेलर ब्लु र स्टेरी ब्ल्याक रङमा उपलब्ध छ।