सामसङ नेपालले ग्यालेक्सी ए–२२ सार्वजनिक गरेको छ। यसमा ६.४ इञ्च डिस्प्ले जडान गरिएको छ। फोनमा चार क्यामरा छन्, जसमा ४८ मेगापिक्सलको मुख्य क्यामराले रातमा स्पष्ट तस्वीर खिच्न मद्दत गर्छ।
८ मेगापिक्सलको अल्ट्रा वाइड लेन्सले मानिसको आँखाले जस्तो देख्छ तेस्तै फोटो कैद गर्न सक्ने कम्पनीको दावी छ।
दुई मेगापिक्सलको माइक्रो लेन्सले स्पष्ट तस्वीर खिच्न सकिन्छ। डेफ्थ क्यामराले उत्कृष्ट लाइभ फोकस गर्ने उल्लेख गरिएको छ।
सेल्फी फोटो खिच्न पनि यो फोनको क्यामेरा निकै उपयोगी छ। फोनमा भएको १३ मेगापिक्सलको फ्रन्ट क्यामराले कम ब्याकग्राउण्डमा उच्चस्तरीय सेल्फी खिच्छ।
फोनमा पाँच हजार एमएएच क्षमताको ब्याट्री छ। जसले घण्टौँसम्म बिना चार्ज मोबाइलको प्रयोग गर्न सकिन्छ। यसमा १५ वाटको फास्ट चार्जिङ सुविभा पनि छ, जसले बारम्बार फोन चार्ज गर्नुपर्ने झन्झट हुँदैन।
फोनमा ६ जिबी र्याम १२८ जिबीको स्टोरेज छ। यसमा प्रयोगकर्ताले आफूलाई मनपर्ने सामग्रीहरु राख्न सक्छन्। यो फोन ब्ल्याक, मिन्ट र भ्वाइलेट गरी तीर्न आकर्षक रंगहरुमा उपलब्ध छ।
यसको मूल्य २७ हजार ९ सय ९९ तोकिएको छ।