एप्पलले आइफोनका म्यागसेफको नयाँ म्यागनेटिक ब्याट्री प्याक ल्याएको छ।
मंगलबार एप्पलले आइफोन–१२ सिरिजका फोनहरुका लागि म्यागसेफ ब्याट्री प्याक सार्वजनिक गरेको हो। यो ब्याट्री प्याक आइफोनको पछाडीपट्टि राखेर स्वचलित रुपमा चार्ज हुने एप्पल इन्साइडरले बताएको छ।
यस ब्याट्री प्याक म्यागनेटले बनेको हुँदा आइफोनको स्क्रिन पछाडीको नजिक ल्याउदा आफैँ जोडिन्छ। आइफोनसँग जोडिने बित्तिकै चार्ज हुने भएकोले यसलाई अन वा अफ गरिरहनु पर्दैन। जसले गर्दा यो ब्याट्री प्याक सुरक्षित र भरपर्दो वायेरलेस चार्ज प्रदान गर्छ।
यो म्यागसेफ ब्याट्री प्याकमा एक हजार चार सय ६० एमएएचको ब्याट्री पावर छ। यसलाई चार्ज गर्नपनि सजिलो छ।
एप्पल इन्साइडरका अनुसार म्यागसेफ ब्याट्री प्याक आइफोनबाट नै चार्ज गर्न मिल्छ। म्यागसेफ ब्याट्री प्याकबाट आइफोन चार्ज गरिरहँदा आइफोनबाट फाइलहरु अन्य उपकरणमा ट्रान्सफर गर्नुपरे त्यतिबेला आइफोनले म्यागसेफ ब्याट्री प्याकलाई चार्ज गर्छ। यसको लागि दुवै उपकरणको ब्याट्री ८० प्रतिशत भन्दा बढी हुनुपर्छ।
यसरी आइफोनको रिभर्स चार्जिङ प्रयोग गर्ने म्यागनेटिक ब्याट्री प्याक एप्पलको पहिलो उत्पादन हो।
म्यागसेफ ब्याट्री प्याकको मूल्य ९९ अमेरिकी डलर तोकिएको एप्पल इन्साइडरले उल्लेख गरेको छ।